Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • Pramod Kharel New Song “Malai Maaf Gara” | Ramesh Raj Bhattarai #shorts Breaking News
  • महिलाको खुट्टा किन धेरै दुख्छ ? Breaking News
  • maxresdefault 23
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -226 | 25 Feb, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • माओवादीले दियो ३२ विभागलाई पूर्णता, को-को भए विभाग प्रमुख ? Breaking News
  • देशभक्त शक्तिहरुलाई समेटेर जान लिङ्देनलाई शर्माको सुझाव Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 423 | 12 Jan, 2024 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 423 | 12 Jan, 2024 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 426 | 02 Feb, 2024 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 426 | 02 Feb, 2024 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता Breaking News
WhatsApp Image 2025 02 16 at 20.11.30 4fb1f665 sN5BlR AMERICA KHABAR February 17, 2025

एआई नीति २०८१ प्रभावकारी बनाउन विज्ञ संस्थाहरूको सुझाव

Posted on February 17, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on एआई नीति २०८१ प्रभावकारी बनाउन विज्ञ संस्थाहरूको सुझाव

५ फाुल्गुन काठमाडौं । राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति २०८१ लाई थप प्रभावकारी बनाउनका लागि तीन विज्ञ संस्थाहरूले सरकारलाई महत्त्वपूर्ण सुझावसहितको अवधारणापत्र हस्तान्तरण गरेका छन् । सेन्टर फर साइबरसेक्युरिटी रिसर्च एन्ड इनोभेसन सेन्टर (सीएसआरआई नेपाल), इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) र इन्टरनेट गभर्नेन्स इन्स्टिच्युट (आईजीआई) ले संयुक्त रूपमा तयार पारेको अवधारणापत्र आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई बुझाइएको हो ।

विज्ञ संस्थाहरूले प्रस्तुत गरेको अवधारणापत्रमा नेपालको सामाजिक(आर्थिक विकास, राष्ट्रिय आकांक्षा र विश्वव्यापी एआई प्रवृत्तिसँग मेल खाने नीति निर्माणका लागि १० बुँदे सिफारिस समावेश गरिएको छ । अवधारणापत्रमा नीति कार्यान्वयन प्रभावकारी बनाउन प्राथमिकता निर्धारण, समयसीमा तोक्नुपर्ने, जिम्मेवारी स्पष्ट पार्नुपर्ने, अनुगमन तथा मूल्यांकन संयन्त्र बलियो बनाउनुपर्ने, क्षमता विकासमा ध्यान दिनुपर्ने, सहकार्यलाई प्रवर्द्धन गर्नुपर्ने, नैतिकता र समावेशितालाई उच्च प्राथमिकता दिनुपर्ने जस्ता विषयमा जोड दिइएको छ ।

अवधारणापत्र तयार पार्न सीएसआरआई नेपालका अध्यक्ष प्राडा। सुवर्ण शाक्य, आईजीआईका अध्यक्ष अधिवक्ता बाबुराम अर्याल, सीएसआरआई नेपालका महासचिव एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका आईटीविज्ञ डा। शालिग्राम पराजुली, एनपीसर्टका एआई सल्लाहकार डा। समीर खरेल, आईजीआईका निर्देशक रोशन पोखरेल, सीएसआरआई नेपालकी संस्थापक सदस्य वन्दना शर्मालगायतले योगदान दिनुभएको छ । अवधारणापत्र बुझ्दै मन्त्री गुरुङले एआई नीतिलाई सबैको सहभागिता र सुझावको आधारमा पारदर्शी रूपमा अघि बढाइने बताउनुभयो । उहाँले छिट्टै नीति पारित गरी लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विज्ञहरूका अनुसार एआईको प्रयोग बढ्दै गएको सन्दर्भमा सरकारले ल्याएको नीति स्वागतयोग्य छ । तर, साइबर सुरक्षाका सम्भावित जोखिमलाई ध्यानमा राख्दै राष्ट्रिय सुरक्षाका सवालमा एआईको महत्त्वपूर्ण भूमिका रहने भएकाले त्यसलाई नीतिमा उचित रूपमा समेट्नुपर्ने उहाँहरूको सुझाव छ ।सीएसआरआई नेपालका अध्यक्ष प्रा डा सुवर्ण शाक्यले राष्ट्रिय एआई नीति २०८१ नेपालका लागि महत्त्वपूर्ण अवसर भएको बताउँदै यसलाई प्रभावकारी बनाउन सरोकारवालाहरूको समन्वय आवश्यक रहेको बताउनुभयो । नीति प्रभावकारी बनाउन नीति निर्माताहरू, प्राविधिक विज्ञहरू, निजी क्षेत्र, शिक्षाविद्हरू र नागरिक समाजबीच सहकार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

WhatsApp Image 2025 02 16 at 20.11.30 4fb1f665 AMERICA KHABAR February 17, 2025

आईजीआईका अध्यक्ष अधिवक्ता बाबुराम अर्यालले पर्याप्त तयारी गरी ल्याइएको नीतिले नवीनताको मापदण्ड स्थापना गर्ने उल्लेख गर्दै यसले एआई उद्यमीहरूलाई उद्योगमैत्री वातावरणमा अघि बढ्न सशक्त बनाउने विचार राख्नुभयो । एनपीसर्टका सल्लाहकार डा राजिव सुब्बाले एआईले साइबर सुरक्षामा असर पार्न सक्ने भएकाले आवश्यक परे एनपीसर्टको विज्ञता सरकारलाई उपलब्ध गराउन सकिने बताउनुभयो । सीसीएसआरआई नेपालका संस्थापक अध्यक्ष चिरञ्जीवी अधिकारीले एआई प्रवर्द्धित राष्ट्रिय साइबर सुरक्षामा क्लाउड सुरक्षालाई प्राथमिकता दिनु नै मजबुत डिजिटल भविष्यको आधारशिला हुने मत राख्नुभयो ।

सीएसआरआई नेपालका महासचिव एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका आईटीविज्ञ डा। शालिग्राम पराजुलीले विद्युतले इन्टरनेटको सम्भावनाहरू उजागर गरेजस्तै एआईले भविष्यका असीमित सम्भावनाहरू अघि बढाउने धारणा राख्नुभयो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरोकारवालाहरूबाट सुझाव आह्वान गरेपछि विज्ञ संस्थाहरूले यो अवधारणापत्र तयार पारेका हुन् । विज्ञहरूको सुझावलाई समेट्दै नीति कार्यान्वयन भएमा नेपालले सुरक्षित, समावेशी र प्रविधिमैत्री एआई प्रणाली विकास गर्न सक्ने विश्लेषण गरिएको छ ।

Breaking News

Post navigation

Previous Post: बैंकहरुको ब्याजदर एकल अंकमा आउँदा त्यसको लाभ लिनुपर्छ : प्रधानमन्त्री ओली
Next Post: अध्यक्ष पदको लागि ५ जनाको नाम सर्टलिस्टमा

Related Posts

  • पूर्वेली झ्याउरे मङ्गल धुन (नौमती बाजा) Purbeli Jhayure Mangal Dhun by Arun Upatyaka Breaking News
  • भैलो गीत Bhailo Geet – Jhalakman Gandharv | Nepali Bhailo Song Breaking News
  • #bottlekopanile #shorts #nepalisong Breaking News
  • maxresdefault 4
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -227 | 04 Mar, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News
  • परराष्ट्रमन्त्री खड्का र भारतका विदेशमन्त्रीबीच भेटवार्ता Breaking News
  • #chisoashtray #newnepalimovie #newmovie #fullmovie #robintamang Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • More Free COVID-19 Tests Are Available for the Holiday Season english_news
  • Are Personality Tests Actually Useful?
    English News: Are Personality Tests Actually Useful? Breaking News
  • नेपाल उद्योग व्यापार महासंघको प्रथम महाधिवेशन भदौ ३० मा हुने Breaking News
  • उपेन्द्र यादवको अधिकार कटौती Breaking News
  • maxresdefault 26
    Comedy Club With Champions Episode 6 | Priyanka Karki Shiva Hari Paudel Kiran K.C Breaking News
  • नेकपा एसको आज बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित Breaking News
  • 637940998308648397 tmf0LG
    काठमाडौंमा चल्ने सार्वजनिक यातायातको भाडा बढ्यो Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: विविध विधामा उपाध्यायका डेढ सय बढी कीर्तिमान Breaking News
  • लोकार्पण समारोह | Deep Jha को “झिलमिल सितारा” | Aalok Shree | Music Nepal Breaking News
  • खानेपानी तथा सरसफाइ संस्थाको सचिव पदका लागि उम्मेदवार राम प्रसाद भुसाल को हुन ? Breaking News
  • नेपालमा १५ भन्दा बढी वाणिज्य बैङ्क नचाहिने Breaking News
  • Success of MDMA in PTSD Study Could Pave the Way for U.S. Approval of the Psychedelic english_news
  • उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिकोत्सवमा प्रधानमन्त्री दाहालको सम्बोधन
    KhabarBreaking.com: उद्योग वाणिज्य महासङ्घको ५८औँ वार्षिकोत्सवमा प्रधानमन्त्री दाहालको सम्बोधन Breaking News
  • maxresdefault 3
    Blind Audition the voice kids Episode 06 Breaking News
  • भिजिट भिसा प्रकरण: माओवादी केन्द्रले माग्यो गृहमन्त्री लेखकको राजीनामा Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme