इन्ड्राइभ योरपेस प्रशिक्षण कार्यक्रमका विजेताहरूलाई इभी स्कुटर प्रदान

११ असोज,काठमाडौँ । ग्लोबल मोबिलिटी र अर्वन सर्भिस प्लेटफर्म इन्ड्राइभले योरपेस प्रशिक्षण कार्यक्रमका विजेताहरुलाई दुईवटा इभी स्कुटर हस्तान्तरण गरेको छ।

विजेताहरुलाई काठमाडौँ म्याराथन अन्तर्गत स्पोर्ट्स फेयरमा इन्ड्राइभका पिआर तथा कम्युनिकेसन लिड पवित नन्दा आनन्द र इन्ड्राइभ योरपेसका इभेन्ट म्यानेजर येर्केजन शाल्दिबायेभाले स्कुटर प्रदान गरेका हुन्।

योरपेस प्रशिक्षण कार्यक्रमको दौरान आफूले प्रदर्शन गरेको प्रतिबद्धताका आधारमा विजेताहरू चयन गरिएको थियो। जसमा शारीरिक तयारीसँगै मानसिक स्थिरता र सामुदायिक संलग्नतालाई पनि ध्यान दिइएको छ।

उनीहरूले गरेको मेहनत र धैर्यले काठमाडौं म्याराथनको लागि तयार बनाएको आयोजकले जनाएको छ। विजेताहरूलाई योरपेस प्रशिक्षण कार्यक्रममा उल्लेखनीय संलग्नता जनाएबापत सम्मानित गरिएको हो।

इन्ड्राइभका एशिया प्यासेफिकका पिआर तथा कम्युनिकेसन लिड पवित नन्दा आनन्दले भनिन, ’हाम्रा लगनशील ड्राइभरहरुको उपलब्धिलाई यसरी मनाउन पाउँदा हामीलाई खुशी लागेको छ। योरपेस पहलहरू मार्फत हामी मानिसहरुलाई व्यावसायिक रुपमा मात्र नभएर व्यक्तिगत रुपमा पनि सशक्त बनाउन चाहन्छौँ । यो क्याम्पेनको सफलताले हामी कसरी एकै ठाउँमा आएर, एक अर्कालाई साथ दिएर अगाडि बढ्न सक्छौँ भनेर उदाहरण देखाएको छ। यो यात्रालाई अझै निरन्तरता दिन हामी उत्साहित छौ।’

The post इन्ड्राइभ योरपेस प्रशिक्षण कार्यक्रमका विजेताहरूलाई इभी स्कुटर प्रदान first appeared on Khabar Breaking.

  • Related Posts

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    २९ पुष, काठमाडौं। मालवाहक सवारी साधन भारवहन नियमनसम्बन्धी कार्यविधि–२०७४ लाई कडाइका साथ कार्यान्वयन गर्न नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले माग गरेको छ ।   महासङ्घद्वारा काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उक्त…

    Read more

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    २९ पुष,काठमाडौँ । नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।कोषको सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८०/८१…

    Read more

    Leave a Reply

    You Missed

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    चार संसदीय समितिको बैठक बस्दै

    सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न