‘इनड्राइभ’ ले विश्वका १ अर्ब मानिसलाई सेवा दिनेछ: नतालिया

काठमाडौँ । राइड हेलिङ कम्पनी    ‘इनड्राइभ’ की एसिया–प्यासिफिक क्षेत्रकी मार्केटिङ निर्देशक नतालिया मकरेन्कोले सन २०३० सम्ममा विश्वका १ अर्ब मानिसको जीवनमा इनड्राइभले कुनै न कुनै रूपले सेवा दिने जानकारी गराइएकी छन् ।

बुधबार (१२ असार ) काठमाडौंमा यससम्बन्धी जानकारी दिनको लागि  आयोजना गरिएको कार्यक्रममा नतालियाले  इनड्राइभले राइड हेलिङमा सीमित नरहेर सूचना प्रविधिमार्फत विभिन्न सेवाहरू उपलब्ध गराउने बताइन । ‘हामी राइड हेलिङ कम्पनीका रूपमा मात्रै आफूलाई सिमित राख्न चाहँदैनौं, मोबिलिटीका अन्य माध्यमबाट पनि आममानिसको जीवनमा सकारात्मक प्रभाव पुर्‍याउन चाहन्छौं,’ उनले भनिन्, ‘आईटी स्टार्टअप, शिक्षा, खेलकुद, क्रिएटिभ इन्डस्ट्रीलाई पनि प्रोत्साहन गर्दै सन् २०३० सम्ममा १ अर्ब मानिससम्म पुग्ने लक्ष्य छ ।’

उनले इनड्राइभले बालबालिकाका लागि ‘बिगिन आईटी’, सिर्जनात्मक क्षेत्रका लागि ‘अल्टरनेटिभ फिल्म अवार्डस’, स्वस्थ जीवनशैली प्रवर्द्धनका लागि ‘योर पेस’ जस्ता कार्यक्रम अघि बढाइरहेको जानकारी दिइन् । यीमध्ये कतिपय कार्यक्रम नेपालमा पनि सुरु गरिएको उनले बताइन् । कुरियर, इन्टरसिटि राइडजस्ता सेवा पनि इनड्राइभले प्रदान गर्दै आएको उनको भनाइ छ ।

इनड्राइभले सन २०२१ मा नेपालमा सेवा सुरु गरेयता वार्षिक दुई  सय प्रतिशतले व्यवसाय वृद्धि भइरहेको पनि नतालियाले जानकारी दिइन् । कम्पनीका लागि नेपाल महत्त्वपूर्ण बजार भएको एसिया–प्यासिफिक क्षेत्रका लागि कम्पनीकी सञ्चार प्रमुख पवित नन्दा आनन्दले बताइन् । सन् २०२४ को पछिल्लो ६ महिनामा नेपालमा ४६ प्रतिशतले राइड सेवाको व्यवसाय वृद्धि भइरहेको कार्यक्रममा जानकारी दिइयो ।

The post ‘इनड्राइभ’ ले विश्वका १ अर्ब मानिसलाई सेवा दिनेछ: नतालिया first appeared on Khabar Breaking.

  • Related Posts

    प्रधानमन्त्री ओलीसंग महासंघ: निर्माण व्यवसायीको भुक्तानी र डेडिकेटेड फिडरको समस्या तत्काल समाधान होस

    २ साउन , काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो नेतृत्वको सरकारले निजी क्षेत्रको मनोबल बढ्ने र लगानीको लागि सहज हुने नीति लिने  बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघका…

    Read more

    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी

    १ साउन, काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी भएका छन । मंगलबार बिहान सकिएको मतगणनामा अधिकारी ११६ को ठुलो मतान्तरमा निवर्तमान अध्यक्ष भविश्वर शर्मालाई पराजित गरेका…

    Read more

    Leave a Reply

    You Missed

    प्रधानमन्त्री ओलीसंग महासंघ: निर्माण व्यवसायीको भुक्तानी र डेडिकेटेड फिडरको समस्या तत्काल समाधान होस

    • By
    • July 17, 2024
    • 13 views

    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी

    • By
    • July 17, 2024
    • 13 views
    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी

    प्रधानमन्त्री ओली र अमेरिकी राजदूतबिच भेटवार्ता

    • By
    • July 17, 2024
    • 13 views

    Intiut laying off in Bay Area false alarming news across media subjects

    Intiut laying off in Bay Area false alarming news across media subjects

    एक कर्मचारीको मृत्यु

    • By
    • July 16, 2024
    • 13 views

    ओली मन्त्री मन्त्रिपरिषद्ले गर्यो अघिल्लो  सरकारका सबै प्रस्ताव फिर्ता गर्ने निर्णय

    • By
    • July 16, 2024
    • 14 views