इनड्राइभले प्ल्याटिनम चालकहरूलाई सम्मान, कार–बाइकसहित दर्जनौँ पुरस्कृत
७ मंसिर,काठमाडौं । राइड–सेयरिङ सेवा प्रदायक इनड्राइभले दशैं लक्षित ‘प्ल्याटिनम ड्राइभर गिभ अवे’ अभियानमार्फत आफ्ना मेहनती चालक साझेदारलाई सम्मान गर्दै आकर्षक पुरस्कार वितरण गरेको छ । भदौ १५ देखि असोज २६सम्म सञ्चालन गरिएको अभियानमा प्ल्याटिनम स्टाटस कायम राखेका बाइक तथा कार चालकहरूलाई लक्की ड्रमार्फत पुरस्कृत गरिएको हो ।
यस वर्षको तेस्रो संस्करण अन्तर्गत काभ्रे तेमाल–४ का हरि पाण्डेले टाटा एक्सप्रेस टीआईभी कार र दोलखाका आकाश तामाङले टीभीएस रेइडर बाइक जिते । पाण्डे इनड्राइभसँग तीन वर्षदेखि आबद्ध छन् भने तामाङ ६ महिनामै विजेता बन्न सफल भए । विजेताहरूले कर छुटसहित पुरस्कार प्राप्त गरेका छन् ।
ग्रान्ड प्राइज बाहेक साप्ताहिक लक्की ड्रमार्फत १५ वटा वनप्लस स्मार्टफोन, ३० वटा अल्टीमा टम १९३ र ३० वटा अल्टीमा नोभा प्रो स्मार्ट वाच पनि प्रदान गरिएको इनड्राइभले जनाएको छ । पाँच जनालाई कार्यक्रममा नै स्मार्टफोन हस्तान्तरण गरिएको थियो ।
इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेसलिस्ट सुनिता जिमी राईले चालकहरू नै कम्पनीको “ढुकढुकी” भएको उल्लेख गर्दै चाडपर्व तथा विशेष अवसरमा निरन्तर गिभ अवे र अफर ल्याइने बताइन् । उनले इनड्राइभमा आफ्नै भाडा प्रस्ताव गर्न सकिने, २४/७ सेफ्टी फिचर तथा ८ लाखसम्मको बीमा सुविधा उपलब्ध हुने जानकारी दिइन् ।
कम्पनीका पदाधिकारीहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा इनड्राइभले चालक साझेदारहरूको आय वृद्धि, प्रोत्साहन र स्वदेशमै रोजगारी सिर्जनाका लागि आगामी दिनमा पनि यस्ता अभियान निरन्तर चलाइने प्रतिबद्धता व्यक्त गरेको छ ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.