इक्यानको भावी नेतृत्वका लागि दिपकराज भुसालले २६ बुँदे चुनावी एजेन्डा सार्वजनिक गरे

0
32

 

२७ पुष, काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को निर्वाचन २०८२ नजिकिँदै गर्दा अध्यक्ष पदका उम्मेदवार दिपकराज भुसालले स्पष्ट दृष्टि, ठोस योजना र संगठित टिमसहित चुनावी मैदान तताएका छन् । इक्यानलाई व्यवस्थित, मर्यादित र अन्तर्राष्ट्रिय रूपमा स्थापित बनाउने लक्ष्यसहित भुसालले २६ बुँदे चुनावी एजेन्डा सार्वजनिक गरेका छन् ।

काठमाडौंमा आयोजित उम्मेदवार घोषणा सभामा भुसालले शैक्षिक परामर्श क्षेत्रको व्यवस्थापन, बजार अनुशासन, शाखा विस्तार, नीतिगत सुधार र इक्यानको अन्तर्राष्ट्रिय पहिचानलाई केन्द्रमा राखेर एजेन्डा तयार गरिएको स्पष्ट पारे । उनले भने, “२०२६ को नयाँ युगसँगै हाम्रो समूहले इक्यानलाई नयाँ उचाइमा पुर्‍याउने २६ एजेन्डा अघि सारेको छ । यी एजेन्डाले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित मात्र होइन, विश्वसनीय र सम्मानित बनाउनेछन् ।”

करिब १२ वर्षदेखि इक्यानमा निरन्तर सक्रिय रहँदै आएका भुसालले संघलाई केवल संस्था होइन, आफ्नो बानी र पहिचानको हिस्सा बनाइसकेको बताए । आगामी कार्यकालमा पूर्ण समय इक्यानकै लागि समर्पित रहने, सदस्यको समस्या र आवश्यकता पर्दा जुनसुकै समयमा उपलब्ध हुने प्रतिबद्धता व्यक्त गर्दै उनले अनुभवी, सक्षम र ऊर्जाशील टिम नै आफ्नो मुख्य शक्ति भएको उल्लेख गरे ।

भुसालको समूहबाट सदस्य पदमा विवेक बस्नेत, उद्धव वन, संजीव पाण्डे, नवराज नेपाल, कमल तिम्सिना र दामोदर शर्मा उम्मेदवार रहेका छन् । केन्द्रीय सदस्यमा बसन्त पाण्डे, अशोक कुमार हाथी र अनन्तराज घिमिरे छन् भने सह–कोषाध्यक्षमा गोविन्द खनाल र उमा खड्का पाठक उम्मेदवार बनेका छन् । सचिव पदका लागि सुरज सिलवाल र आशिक कार्की, महासचिवमा भवनाथ हुमागाईं तथा उपाध्यक्षमा रत्न बहादुर भट्टराई, मन्जित ढकाल र विकल्प राज पोखरेल चुनावी दौडमा छन् ।

अनुभव, स्पष्ट एजेन्डा र एकताबद्ध टिमका साथ अघि बढेका दिपकराज भुसालले इक्यानको नेतृत्वलाई नयाँ दिशा दिने दाबी गरेका छन् । चुनाव नजिकिँदै जाँदा उनको २६ बुँदे एजेन्डा र टिमले इक्यानका सदस्यहरूबीच चासो र बहस बढाइरहेको छ ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here