आज स्वर सम्राट् नारायण गोपालको ३४औँ स्मृति दिवस

१९ मंसिर, काठमाडौँ । आज स्वर सम्राट् नारायण गोपालको ३४औँ स्मृति दिवस मनाइदैं छ । उनको ३४औँ स्मृति दिवसका अवसरमा नारायण गोपाल संगीत कोषले नारायण गोपाल सम्मान र संगीत पुरस्कार वितरण गर्ने भएको छ ।

नेपाल कला संस्कृति विकास केन्द्रले पनि विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ । कार्यक्रममा कलाकारहरूले नारायण गोपालका गीतहरू गाउने भएका छन् ।

स्मृति दिवस पारेर नारायण गोपाल संगीत कोषद्वारा हरेक वर्ष प्रदान गरिँदै आएको ‘नारायण गोपाल स्मृति सम्मान २०८१’ यो वर्ष पनि विभिन्न संगीतकर्मीहरूलाई प्रदान गरिँदै छ ।

कोषले विज्ञप्ति जारी गर्दै गीतकार शिवशंकर थापा, संगीतकार बुलु मुकारुङ तथा गायक कुमार बस्नेतलाई जनही नगद ५१ हजार रुपैयाँसहित ताम्र पत्र र दोसल्लाले सम्मान गरिने जनाएको छ ।

 

The post आज स्वर सम्राट् नारायण गोपालको ३४औँ स्मृति दिवस first appeared on Khabar Breaking.

  • Related Posts

    चालू आ.व. को ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

    २ माघ ,काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको तुलनामा यो ६३ अर्बको र प्रतिशतका आधारमा १३…

    Read more

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १७औं वार्षिक साधारणसभा सम्पन्न गर्दै समीक्षा आर्थिक वर्ष २०८०/८१ को  चुक्ता पूँजी रु. १ अर्ब ३५.१५ करोडको ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर…

    Read more

    Leave a Reply

    You Missed

    चालू आ.व. को ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    मनिप्लान्ट साकोसको १५औं साधारणसभा सम्पन्न ; १०% लाभांश प्रदान

    मनिप्लान्ट साकोसको १५औं साधारणसभा सम्पन्न ; १०% लाभांश प्रदान

    सहकारी संस्थाले सन्दर्भ ब्याजदरको आधारमा बचत र ऋणको ब्याजदर निर्धारण गर्नुपर्ने प्रस्ताव

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    शारीरिक र मानसिक स्वास्थ्यका लागी योग आवश्यक: प्रधानमन्त्री