
आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
फाइल तस्विर
१ फाल्गुण, काठमाडौं । संघीय संसद अन्तर्गत आज (बिहीबार) दुई वटा संसदीय समितिको बैठक बस्दैछ । आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ । राज्य व्यवस्था समितिको बैठक मध्याह्न १२ः३० बजे बस्ने तय भएको संसद सचिवालयले जानकारी दिएको छ । उक्त बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि दफावार छलफल हुने संसद सचिवालयले जानकारी दिएको छ ।
आज महिला तथा सामाजिक मामिला समितिको बैठक पनि बस्दैछ । मध्याह्न १२ बजे समितिकै कार्यकक्ष सिंहदरबारमा बस्ने बैठकमा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि (सिड) बारे छलफल हुनेछ ।