आज यी स्थानमा हुनेछ धेरै भारी वर्षा

१९ असार, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा, बागमती र मधेश, प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बुधबार दिउँसो देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। देशका धेरै स्थानहरूका मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सूदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ। देशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

यसैबीच कैलाली जिल्लास्थित कान्द्रा नदी, पहलमानपुर जलमापन केन्द्रमा सतर्कता तह पार गरेको बाढी सूचना केन्द्रले जानकारी दिएको छ। कान्द्रा नदीको जल सतह बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र डुबान भइरहने ठाउँमा रहेकाले उच्च सतर्कता अपनाउन केन्द्रले भनेको छ।

The post आज यी स्थानमा हुनेछ धेरै भारी वर्षा first appeared on Khabar Breaking.

  • Related Posts

    सिईडिबी हाइड्रोपावरको ११% बोनस शेयर र ५४.५% हकप्रद शेयर पारित

    काठमाडौं । सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७९/८० तथा आर्थिक वर्ष २०८०/८१ को बार्षिक साधारणसभा  सोमबार (२१ असोज ) कालिमाटी ब्याङक्वेट, कालिमाटी काठमाडौंमा सम्पन्न भएको छ । कम्पनीका…

    Read more

    प्रधानमन्त्री रोजगार कार्यक्रमको स्रोत परिचालन गर्न सकिनेगरी कार्यविधिमा संशोधन

    २१ असोज, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७७ मा प्रथम संशोधन गरेको छ । श्रम, रोजगार तथा…

    Read more

    Leave a Reply

    You Missed

    सिईडिबी हाइड्रोपावरको ११% बोनस शेयर र ५४.५% हकप्रद शेयर पारित

    • By
    • October 8, 2024
    • 0 views

    प्रधानमन्त्री रोजगार कार्यक्रमको स्रोत परिचालन गर्न सकिनेगरी कार्यविधिमा संशोधन

    • By
    • October 7, 2024
    • 11 views

    एन आई सी एशिया बैंकको सहयोगमा निर्मित पुस्तकालयको उद्घाटन

    • By
    • October 7, 2024
    • 11 views

    आशुतोष ईनर्जी लिमिटेडले प्रदान गर्‍यो ५.२ प्रतिशत नगद लाभांश

    • By
    • October 7, 2024
    • 14 views

    देशको बिकासका निम्ती मन्त्रीले राजनीतिक रंग हैन, राष्ट्र सेवाभाव हेर्नुपर्छः राज्यमन्त्री चौधरी

    • By
    • October 7, 2024
    • 12 views

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनएमबि बैंकद्वारा ५१ लाख सहयोग

    • By
    • October 7, 2024
    • 14 views