🎄 Holiday Season Special
आज पनि घट्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ४ हजार २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य ४ हजार २ सय रुपैयाँले घटेर दुई लाख ९१ हजार कायम भएको छ । हिजो बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार २०० रुपैयाँ थियो ।
त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा २७० रुपैयाँले घटेर प्रतितोला चार हजार ७१० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी अघिल्लो दिन चार हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.