
आज दिउँसो तराई मधेसकेन्द्रित सात दलको मोर्चा घोषणा
फाइल तस्बिर ।
२१ चैत्र, काठमाडौँ । आज दिउँसो तराई मधेसकेन्द्रित सात दलको मोर्चा घोषणा गरिँदै छ । काठमाडौंको थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा दिउँसो ३ बजे मोर्चा घोषणा कार्यक्रम आयोजना गरिएको छ ।
जनमत पार्टी, जसपा नेपाल, लोसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी र तमलोपा मिलेर मोर्चा घोषणा गर्न लागेका हुन ।