
आज एमाले संसदीय दलको बैठक बस्दै
२० बैशाख, काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको बैठक आजका लागी बोलाइएको छ । मुख्य सचेतक महेश बर्तौलाका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार दिउँसो १ बजे बैठक बस्ने तय भएको छ ।
संसदीय दलको बैठकमा राष्ट्रपतिले शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक विषयका बारेमा छलफल हुनेछ। यस्तै, दलका तर्फबाट खेल्ने भूमिका बारेमा समेत छलफल हुने बताइएको छ ।