८ असार , काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट कार्यान्वयनको योजना बनाउने काम थालेको छ ।
अर्थमन्त्री वर्षमान पुनले शुक्रबार मन्त्रालयका दुवै सचिव, महाशाखा प्रमुख, भन्सार विभाग, आन्तरिक राजस्व विभागलगायतका उच्च अधिकारी बोलाएर कार्ययोजनाबारे प्रारम्भिक छलफल गरेको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।
त्यस क्रममा अर्थमन्त्री पुनले कार्यान्वयन हुन सक्ने गरी वस्तुवादी योजना तयार पार्न निर्देशन दिए । ‘खर्च बढाउने गरी र कार्यान्वयन हुन सक्ने गरी वस्तुगत कार्ययोजना बनाऔं । तोकिएको समयमा लक्ष्यअनुसार खर्च गर्ने र खर्च बढाउन सकियो भने त्यति नै बजार चलायमान हुने हो,’ अर्थमन्त्री पुनले भने ।
The post आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन योजना बनाउँदै मन्त्रालय first appeared on Khabar Breaking.