Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा  नियुक्त Breaking News
  • पाठ्यपुस्तकमा निजीको मनोमानी Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 435 | 05 Apr, 2024 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Bhadragol | भद्रगोल | Ep – 435 | 05 Apr, 2024 | Yadav, Raju, Drona | Nepali comedy | Media Hub Breaking News
  • Kate Middleton Had to Tell Her Kids About Her Cancer Diagnosis. These Parents Know What That’s Like
    English News: Kate Middleton Had to Tell Her Kids About Her Cancer Diagnosis. These Parents Know What That’s Like Breaking News
  • सुनको मूल्य घट्यो Breaking News
  • maxresdefault 5
    RESHAM FILILI NEPALI COMEDY MOVIE Breaking News
  • कोरोना संक्रमण फेरि बढ्दै, अस्पतालमा बिरामीको चाप बढ्न थाल्यो Breaking News
  • नेपाली कांग्रेस भित्रको अन्तर्संघर्ष र अबको बाटो Breaking News

आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौँ टेक्निकल स्कुल सञ्चालनमा, श्रम मन्त्री भण्डारीद्वारा उदघाटन, वार्षिक १० हजार दक्ष जनशक्ति उत्पादनको लक्ष्य

Posted on March 25, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on आइएमई ग्रुप र आईएक्सआई कर्पको संयुक्त लगानीमा काठमाडौँ टेक्निकल स्कुल सञ्चालनमा, श्रम मन्त्री भण्डारीद्वारा उदघाटन, वार्षिक १० हजार दक्ष जनशक्ति उत्पादनको लक्ष्य

 

१२ चैत्र,काठमाडौँ। आइएमई ग्रुप र आईएक्सआई कर्पले रोजगार बजारमा दक्ष जनशक्तिको माग पुरा गर्न काठमाडाँै टेक्निकल स्कुल सञ्चालनमा ल्याएका छन् ।

मंगलबार काठमाडौँको धुम्बाराहीस्थित काठमाडौँ टेक्निकल स्कुलको प्राङगणमा आयोजित एक विशेष समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री सरत सिंह भण्डारीले उक्त स्कुलको शुभारम्भ गर्नुभएको हो ।

यस स्कुलले हस्पिटालिटी, कुलनिरी आर्टस, केयर गिभिङ, बारिस्ता, बार टेन्डिङलगायत तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक विधाहरुमा तालिमहरु सञ्चालन गर्नेछ ।

स्कुलले आगामी एक दशकमा १ लाखभन्दा बढी कुशल जनशक्ति तथा प्रोफेशनलहरु उत्पादन गर्ने लक्ष्य लिएको छ ।

 

आफ्नो अढाइ दशकको व्यावसायिक यात्रामा आइएमई ग्रूपले बैंक तथा वित्तीय क्षेत्र, बीमा, पर्यटन तथा आतिथ्य, पर्यटन पूर्वाधार, जलविद्युत, म्यानुफ्याक्चरिङलगायत क्षेत्रमा अनेकौं उद्योग तथा परियोजनाहरु सञ्चालन गरिसकेको छ ।

आइएमई ग्रुपअन्तर्गतका कम्पनीहरुमा २५ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । त्यत्ति नै वा त्यसभन्दा बढीलाई स्वरोजगार बनाउन पनि यस ग्रुपले सहयोग गरेको छ।

आईएक्सआई कर्पले वैकल्पिक लगानी, वैकल्पिक ऊर्जा, वैकल्पिक शिक्षा, प्रविधि र सार्वजनिक नीतिका क्षेत्रमा काम गरिरहेको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले सीप, रोजगारी, उद्यमशीलता र पुँजीको संयोजनले मात्र बेरोजगारी र गरिबीका समस्या समाधान गर्न सक्ने भएकाले सरकारले निजी क्षेत्रसँग साझेदारीलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

उहाँले प्राविधिक जनशक्ति उत्पादन सरकारको प्राथमिकतामा रहेको बताउनुभयो ।

उहाँले सीप विकास तथा प्राविधिक जनशक्ति उत्पादनमा निजी क्षेत्रलाई सहयोग गर्न सरकार तयार रहेको बताउनुभयो ।

स्वेदशमै रोजगारी, स्वरोजगारी र वैदेशिक रोजगारमा पनि सीप आवश्यक पर्ने हुँदा दक्ष जनशक्ति उत्पादनमा निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अगाडि बढ्ने मन्त्री भण्डारीले बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघ तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस काठमाडौं टेक्निकल स्कुलको औपचारिक सञ्चालनसँगै अब आइएमई ग्रुप प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा अगाडि बढेको बताउनुभयो ।

उहाँले यस स्कूलले थप हजारौ युवालाई रोजगार वा स्वरोजगार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

“नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षामा नयाँ युगको शुरुवात गर्ने लक्ष्यका साथ स्थापना गरिएको यस स्कुलले विशेष गरी रोजगारी, शिक्षा, समाज र समग्र अर्थतन्त्रमा सकारात्मक योगदान दिने हाम्रो अपेक्षा छ,” उहाँले भन्नुभयो ।

“हामीले आगामी एक दशकमा १ लाखभन्दा बढी कुशल जनशक्ति तथा प्रोफेशनलहरु उत्पादन गर्ने लक्ष्य लिएका हौँ । यसका लागि यस स्कुलले तीन दर्जनभन्दा बढी रोजगारमूलक तथा स्वरोजगारमूलक विधाहरुमा तालिमहरु सञ्चालन गर्नेछ,” उहाँले भन्नुभयो ।

सरकारले पनि प्राविधिक स्कुल तथा तालिम केन्द्रहरुको स्थापना र सञ्चालनलाई प्रोत्साहन तथा सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो ।

अहिले नेपालले सामना गरिरहेको सबैभन्दा ठूलो चुनौति बेरोजगारी तथा युवा शक्तिको पलायन रहेको बताउँदै अध्यक्ष ढकालले सीप विकास नै यसको समाधान रहेको बताउनुभयो ।

“स्वदेशमा रोजगार वा स्वरोजगार हुन नचाहेर विदेशै जान चाहे पनि यदि सीप छ भने राम्रो काम र उच्च ज्याला वा तलब पाइने अवस्था रहन्छ । अहिले देशले प्राप्त गरेको रेमिट्यान्सको परिमाणमा पनि यसले सकारात्मक प्रभाव पार्ने छ । यस्ता कुरामा हस्तक्षेप गरी युवाहरुलाई सीपले सुसज्जित गर्ने हाम्रो लक्ष्य हो,” उहाँले भन्नुभयो ।

काठमाडौँ टेक्निकल स्कुल (केटीएस) का अध्यक्ष मनोज पौडेलले आगामि दश वर्षमा १ लाख दक्ष जनशक्ति उत्पादन गर्ने सरकारको लक्ष्य प्राप्तीमा आज उद्घाटन गरिएको यस स्कूलले सहयोग पुग्ने बताउनुभयो ।

उहाँले केटीएसले युवाहरुलाई विश्वस्तरीय तालिम तथा शिक्षा प्रदान गर्ने लक्ष्य राखेको समेत बताउनुभयो ।

यस स्कुलले केवल विदेशमा रोजगारीका लागि तयार गर्ने मात्र होइन, नेपालभित्रै विभिन्न अवसरहरु सिर्जना गर्नेछ, उहाँले भन्नुभयो ।

केटीएसले आफ्ना विद्यार्थीहरुलाई विश्वस्तरमै प्रतिस्पर्धा गर्न सक्षम बनाउन स्थानीय तथा राष्ट्रियस्तरका उद्योग व्यवसायका साथै अन्तरराष्ट्रिय साझेदारहरुसँग सहकार्य गर्ने नीति लिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल सरकार, निजी क्षेत्र, विदेशी कुटनीतिक नियोग तथा दात्रृ निकायका प्रतिनिधिहरु र अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

Breaking News

Post navigation

Previous Post: प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको १०औं महाधिवेशनको ललितपुरमा प्रधानमन्त्रीद्वारा समुद्घाटन
Next Post: चिनियाँ विस्तारवादलाई संस्थागत गर्न राजसंस्था पुनःस्थापनाको माग गरिएको राष्ट्रिय एकता अभियानको दाबी

Related Posts

  • happiness pqs 3 8e605u
    Why Happiness Isn’t a Project of Pollyanna-ism Breaking News
  • अब एउटा कम्पनीलाई पाँचवटा मात्र ठेक्का Breaking News
  • MONSOON SPECIAL SONGS | Barsatma | Ek Bundha Pani | Sim Sim Panima | Paniko Rimjhim Barsat Ko Breaking News
  • भारतीय सेनाले पाकिस्तानविरुद्ध गर्‍यो हवाई हमला Breaking News
  • Bolu Bolu Garchha – Sukmit Gurung | Nepali Song Breaking News
  • 20250301 171205 300x135 yRzbED AMERICA KHABAR March 1, 2025
    नेशनल प्याब्सनको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न; सुवास न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • नर्स र स्वास्थ्यकर्मीहरूको तीव्र विदेश पलायन
  • रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल ( केमसान ) को उन्नाइसौं साधारणसभा सम्पन्न
  • शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले बिना कारण पक्राउ गरेकोमा संयुक्त जनआन्दोलन समितिको आपत्ति
  • प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
  • संयुक्त जनआन्दोलन समिति सशक्त, निरन्तर र देशव्यापी आन्दोलनको तयारीमा
  • ढुवानी व्यवसायी महासंघको १६औं साधारणसभा सम्पन्न; कर नीति सुधार गर्न अर्थमन्त्री समक्ष आग्रह
  • ‘टिपर’ दुर्घटनामा चालकको मृत्यु
  • आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
  • Profile and Interviews: Saksham Ne ki mumma Ke Sath cheating 😂#shorts (@chhavisakshukimastii )
  • नेपाल मेडिकल कलेजले माग्यो चिकित्सक
  • फेकन अध्यक्षमा उमेश कुश्वार निर्वाचित
  • जीवन र जलवायुको आधार वन भएकाले यसको संरक्षण गरिनुपर्छः मन्त्री शाही ठकुरी
  • विकास निर्माणसँग सम्बन्धित ऐनहरु संशोधन आवश्यक रहेको अध्यक्ष सिंहको धारणा
  • २४.८ मेगावाटको बज्र मादी आयोजनाको वित्तीय व्यवस्थापन – एनएमबि बैंक र कृषि विकास बैंकको पौने चार अर्ब लगानी
  • Profile and Interviews: WHAT’S WRONG WITH THIS MOTHER?😅
  • Profile and Interviews: अरे पापा का मेकअप 😂🔥~ mini wood toy / workingarkill / wood / hand craftsp
  • ‘टीसीएल ग्लोबल’ को ब्रान्ड एम्बेसडरमा चर्चित अभिनेता प्रदीप खड्का नियुक्त
  • पेरिसडाँडामा जनवादी बिहे, महँगो टेरेस रिसोर्टमा शानदार पार्टी- जहाँ लडे दाहाल
  • टियूको डिप्लोमेसी एमफिल–पिएचडी कार्यक्रम संयोजकमा डा. पौडेल

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • विभिन्न ऐनमा गरिएको संशोधनले अर्थतन्त्रलाई चलायमान बनाउनेछ: अर्थमन्त्री पौडेल Breaking News
  • सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी घट्यो Breaking News
  • Enjoy Udit Narayan Jha Hit Songs | Kaile Timro Paccheurima | Banmarale | Laaj Ko Lali | Majhi Dai Le Breaking News
  • कोरिया भाषा परीक्षामा हालसम्मकै न्यून आवेदन Breaking News
  • hqdefault
    https://www.youtube.com/feeds/videos.xml?channel_id=UCybzzRt0jM002GTruDPMChA बुहारी भाग-१०४|| Buhari Episode-104 || कथा चेलीकाे || Nepali Sentimental Serial || 30th Dec. 2022 Breaking News
  • निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक Breaking News
  • maxresdefault 56
    UkusMukus उकुस मुकुस Epi 2 Breaking News
  • 270042033 449239529899782 6158520957732327486 n rDasUOIJJK ygSlBq
    प्रचण्डले जारी गरे यस्तो सन्देश Breaking News
  • Some Hospitals Are Requiring Masks Again. Will Other Public Places Be Next?
    Some Hospitals Are Requiring Masks Again. Will Other Public Places Be Next? english_news
  • इमान्दार भएर भ्रष्टाचार विरुद्ध लडौ Breaking News
  • रौतहट, कैलाली र कञ्चनपुरमा भारी वर्षा, नागरिकको मोबाइलमा ‘अलर्ट एसएमएस’ Breaking News
  • एमालेले बोलायो सचिवलाय बैठक Breaking News
  • स्ववियू चुनावको नाममा विद्यार्थीलाई उक्साएर भिडाइरहेका छन् : सांसद ढकाल Breaking News
  • अमेरिका देखि नेपाल सम्मको यात्रा || USA to Nepal Journey via Qatar || Nepal Vlog 🇺🇸🇳🇵 Breaking News
  • Profile and Interviews: Saksham Ne ki mumma Ke Sath cheating 😂#shorts (@chhavisakshukimastii ) profile-and-interviews
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme