५ कार्तिक,काठमाडौं । नेपालले अमेरिकाविरुद्धको टी–२० सिरिज क्लीन स्वीप गरेको छ । टी–२० सिरिजको तेस्रो खेलमा नेपालले ८ विकेटको सहज जित हासिल गर्दै नेपालले सिरिज क्लीन स्वीप गरेको हो ।
अमेरिकाले दिएको १५७ रनको लक्ष्य पछाएको नेपालले १८.३ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।नेपालका लागि असिफ सेखले अर्धशतक प्रहार गर्नुभयो ।
आसिफले टी–२० क्रिकेटमा छैटौं अर्धशतक बनाउनुभएको हो । त्यस्तै अनिल शाहले १३, कुशल भुर्तेलले अविजित ४० र कुशल मल्लले अविजित ४४ रन बनाउनुभएको थियो । त्यस्तै अमेरिकाका बलर जुआनोय ड्राइसडाले र जसदीप सिंहले एक एक विकेट लिनुभयो । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको अमेरिकाले २० ओभरमा ५ विकेट गुमाउदै १५६ रन बनाएको थियो ।
अमेरिकाका लागि साइतेजा मुकर्मल्लाले सर्बाधिक ६८ रन बनाएका थिए भने मिलिंद कुमारले ४३ रन बनाउनुभएको थियो । त्यस्तै नेपाली बलर सोमपाल कामीले ३ विकेट लिनुभयो । रिजन ढकाल र ललित राजबंशीको नाममा एक एक विकेट रह्यो ।
योसँगै नेपालले ३ खेलको सिरिज ३–० ले जितेको छ । नेपालको टी२० क्रिकेट इतिहासमा कुनै पनि सिरिज क्लीन स्वीप गरेको यो पहिलो पटक हो । नेपालले अब अमेरिका र स्कटल्याण्डसहितको आइसीसी विश्वकप लिग–२ को सिरिज खेल्ने छ ।
The post अमेरिकाविरुद्धको टी–२० सिरिज नेपालद्वारा क्लिनस्वीप first appeared on Khabar Breaking.