अमेरिकन एम्बेस्सी नेपाल काठमाडौँ युएसएआइडी र नेपाल सरकारद्वारा विश्व स्वास्थ्य सुरक्षा कार्यक्रमको शुभारम्भ U.S. Embassy Kathmandu on December 4, 2023 at 2:31 am

युएसएआइडी र नेपाल सरकारद्वारा विश्व स्वास्थ्य सुरक्षा कार्यक्रमको शुभारम्भ

काठमाडौँ, नेपाल – अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) र नेपालको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज युएसएआइडीको विश्व स्वास्थ्य सुरक्षा कार्यक्रमको संयुक्त रूपमा शुभारम्भ गरिएको छ । यो कार्यक्रम नयाँ सङ्क्रामक रोगहरू रोकथाम गर्ने, पत्ता लगाउने र तीविरुद्ध द्रुत रूपमा प्रतिकार्य गर्ने नेपाल सरकारको क्षमतालाई सुदृढ बनाउनका लागि गरिएको साझेदारी हो । यस कार्यक्रमको कार्यान्वयन पारिस्थितिक प्रणालीको, वन्यजन्तु तथा घरपालुवा जनावरको र मानिसको स्वास्थ्यबिचको अन्तर्निर्भरता स्वीकार गर्ने सहकार्यात्मक र अन्तर्विधागत विधि “वन हेल्थ” (एउटै स्वास्थ्य) मार्फत गरिनेछ । स्वास्थ्य सुरक्षा र महामारीको पूर्वतयारीलाई विश्वव्यापी रूपमै सुदृढ पार्ने बाइडेन प्रशासनको लक्ष्यको एक हिस्सा स्वरूप यस साझेदारीले सन् २०२५ सम्म ५० वटा देशमा प्राविधिक क्षमता अभिवृद्धि गर्ने अमेरिकी प्रयासहरूलाई अघि बढाउनेछ ।

कोभिड-१९ को महामारी कुनै नयाँ पशुजन्य रोगको जीवाणुले मानव स्वास्थ्य र विश्वका अर्थतन्त्रहरूमा पुर्‍याउन सक्ने हानिका बारेमा कडा चेतावनी थियो । उक्त महामारीले स्वास्थ्यसम्बन्धी खतराहरू अझ राम्ररी पहिचान तथा नियन्त्रण गर्न र विश्व स्वास्थ्य सुरक्षालाई पूर्णतः साकार पार्न हाम्रा विश्व स्वास्थ्य प्रणालीहरू कहाँ र कसरी सुधार हुनु आवश्यक छ भन्ने उजागर गरेको छ । युएसएआइडीको विश्व स्वास्थ्य सुरक्षा कार्यले रोगजन्य खतराहरूले महामारीको रूप लिनुअगावै तिनलाई रोक्ने, पत्ता लगाउने र तीविरुद्ध लड्ने देशहरूको क्षमतालाई सुदृढ गरी उक्त कमी पूरा गर्न मद्दत गर्नुका साथै देशहरूले राष्ट्रिय तहमा रहेका कमी तथा प्राथमिकताहरूलाई सम्बोधन गर्न सकून् भन्ने ध्येयले विश्व स्वास्थ्य सङ्गठनका अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीसम्बद्ध लक्ष्यहरूलाई अघि बढाउँदै पनि छ ।

विश्व स्वास्थ्य सुरक्षा कार्यक्रममार्फत नेपालमा “वन हेल्थ” प्लेटफर्म र निगरानी प्रणालीहरूलाई सुदृढ बनाउन युएसएआइडीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई कोष उपलब्ध गराउनेछ । युएसएआइडीले संयुक्त राष्ट्र सङ्घीय विश्व स्वास्थ्य सङ्गठन र खाद्य तथा कृषि सङ्गठनमार्फत पनि काम गर्नेछ । विश्व स्वास्थ्य सङ्गठनमार्फत युएसएआइडीले रोगहरू – विशेषतः नयाँ सङ्क्रामक रोगहरू – को निगरानीलाई सुदृढीकरण गर्ने; नयाँ सङ्क्रामक रोगहरू र एन्टिमाइक्रोबियल प्रतिरोध पत्ता लगाउन राष्ट्रिय प्रयोगशाला प्रणालीहरूको सुधार गर्ने; र सङ्क्रामक रोगसम्बन्धी स्वास्थ्य आकस्मिकता व्यवस्थापन प्रतिकार्यलाई अझ प्रभावकारी बनाउने कार्यलाई सहयोग गर्नेछ । युएसएआइडीले खाद्य तथा कृषि सङ्गठनमार्फत पशु स्वास्थ्यमा एन्टिमाइक्रोबियल प्रतिरोधको निगरानीलाई सुदृढ पार्ने; पशुजन्य रोगको निगरानीलाई मजबुत बनाउने; र नेपालमा जैविक सुरक्षालाई सुधार गर्ने कार्यलाई सहयोग गर्नेछ । यी कार्यका निम्ति आगामी तीन वर्षमा युएसएआइडीले करिब ८९ करोड रुपैयाँसम्मको कुल रकम उपलब्ध गराउनेछ, जुन रकम कोषको उपलब्धतामा निर्भर हुनेछ ।

नेपालमा युएसएआइडी र “प्यान्डेमिक फन्ड” (महामारी कोष) बाट सहायताप्राप्त क्रियाकलापलगायत विश्व स्वास्थ्य सुरक्षाअन्तर्गतका सम्पूर्ण क्रियाकलापहरू नेपालले नेतृत्वप्राप्त मौजुदा “वन हेल्थ” समन्वय प्लेटफर्महरूमार्फत निकट रूपमा समन्वित हुनेछन् र तिनले सरकारका सबै तहमा काम गर्नेछन् ।

काठमाडौँमा आयोजित शुभारम्भ कार्यक्रममा बोल्दै युएसएआइडीको एसिया ब्युरो हेर्ने सहायक प्रशासक माइकल शिफरले भन्नुभयो, “यो कार्यक्रम नेपालीको स्वास्थ्य तथा सुरक्षा सुनिश्चित गर्ने दिशामा एउटा महत्त्वपूर्ण अग्रगामी कदम हो र यसले विश्व स्वास्थ्य तथा महामारीको पूर्वतयारीप्रति युएसएआइडीको जारी प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।”

###

The post युएसएआइडी र नेपाल सरकारद्वारा विश्व स्वास्थ्य सुरक्षा कार्यक्रमको शुभारम्भ appeared first on नेपालस्थित अमेरिकी दूतावास.

 

​The post युएसएआइडी र नेपाल सरकारद्वारा विश्व स्वास्थ्य सुरक्षा कार्यक्रमको शुभारम्भ appeared first on नेपालस्थित अमेरिकी दूतावास.  समाचार नेपालस्थित अमेरिकी दूतावासRead More

  • अमेरिका खबर इडिटरियल

    America Khabar is an online news portal from San Francisco, California. We Cover all Nepalese American news from America and beyond.

    Related Posts

    अमेरिकन एम्बेस्सी नेपाल काठमाडौँ युएसएआइडीद्वारा नेपालमा गुणस्तरीय शिक्षामा पहुँच बढाउन करिब ११ अर्ब रुपैयाँसम्मको सहायता घोषणा U.S. Embassy Kathmandu on March 4, 2024 at 2:29 am

    युएसएआइडीद्वारा नेपालमा गुणस्तरीय शिक्षामा पहुँच बढाउन करिब ११ अर्ब रुपैयाँसम्मको सहायता घोषणा काठमाडौँ, नेपाल – आज अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले विशेषतः सीमान्तकृत युवा तथा प्रारम्भिक कक्षाका विद्यार्थीप्रति केन्द्रित…

    Read more

    अमेरिकन एम्बेस्सी नेपाल काठमाडौँ युएसएआईडीद्वारा जाजरकोट भूकम्पपछिको पुनरोत्थान प्रयासमा १३ लाख ७० हजार डलर सहयोग गर्ने घोषणा U.S. Embassy Kathmandu on February 8, 2024 at 5:58 am

    युएसएआईडीद्वारा जाजरकोट भूकम्पपछिको पुनरोत्थान प्रयासमा १३ लाख ७० हजार डलर सहयोग गर्ने घोषणा काठमाडौँ, नेपाल – अमेरिकी सरकारले युएसएआईडीमार्फत गत कात्तिकमा जाजरकोटमा गएको विनाशकारी भूकम्पपछि पुनरोत्थानको प्रयासमा सहयोग गर्न १३…

    Read more

    You Missed

    प्रधानमन्त्री ओलीसंग महासंघ: निर्माण व्यवसायीको भुक्तानी र डेडिकेटेड फिडरको समस्या तत्काल समाधान होस

    • By
    • July 17, 2024
    • 13 views

    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी

    • By
    • July 17, 2024
    • 13 views
    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी

    प्रधानमन्त्री ओली र अमेरिकी राजदूतबिच भेटवार्ता

    • By
    • July 17, 2024
    • 13 views

    Intiut laying off in Bay Area false alarming news across media subjects

    Intiut laying off in Bay Area false alarming news across media subjects

    एक कर्मचारीको मृत्यु

    • By
    • July 16, 2024
    • 13 views

    ओली मन्त्री मन्त्रिपरिषद्ले गर्यो अघिल्लो  सरकारका सबै प्रस्ताव फिर्ता गर्ने निर्णय

    • By
    • July 16, 2024
    • 14 views