अमेरिकन एम्बेस्सी नेपाल काठमाडौँ स्वास्थ्य सहायता U.S. Embassy Kathmandu on January 28, 2024 at 10:09 pm

स्वास्थ्य सहायता

नोट : यहाँ दिइएको सूचीमा उल्लिखित व्यक्ति वा संस्थाहरूको व्यावसायिक क्षमता र उनीहरूले प्रदान गर्ने सेवाको गुणस्तरका बारेमा अमेरिकी विदेश मन्त्रालय कुनै जिम्मेवारी लिँदैन । यस सूचीमा उल्लेख हुनुको अर्थ अमेरिकी सरकारले उनीहरूलाई आधिकारिकता दिएको छ भन्ने कदापि होइन । त्यस्तैयो सूची वर्णमानुक्रम अनुसार दिइएको हो, यसले अरू कुनै अर्थ राख्दैन । यहाँ उल्लेख गरिएका विवरण सम्बन्धित सेवा प्रदायकले नै उपलब्ध गराएका हुन्, यसको जिम्मा अमेरिकी विदेश मन्त्रालयले लिँदैन । 

नेपालमा स्वास्थ्यसम्बन्धी आकस्मिक अवस्था

नेपालमा आउने पर्यटकहरू रोमाञ्चक र साहसिक क्रियापलापका लागि आउँछन् जुन खतरापूर्ण पनि हुन सक्छन् । यहाँ गरिने पर्वतारोहण, पदयात्रा (ट्रेकिङ), र्‍याफ्टिङ, लगायत कतिपय क्रियाकलापका क्रममा स्वास्थ्य र सुरक्षाका समस्याहरू आउन सक्छन् । लेक लागेको खण्डमा विकट ठाउँमा उपचार पाउन कठिन हुन्छ । सामान्य स्वास्थ्य समस्याहरू, जस्तै पेटसम्बन्धी बिमारीमा समेत पर्यटक र यहाँका बासिन्दालाई कठिनाइ हुनसक्छ । स्वास्थसम्बन्धी थप जानकारीका लागि हेर्नुहोला : https://travel.state.gov/content/travel/en/international-travel/International-Travel-Country-Information-Pages/Nepal.html

नेपालमा स्वास्थ्य सेवा

नेपालमा स्वास्थ्यसेवा पर्याप्त रूपमा उपलब्ध छैन र उपलब्ध सेवा पनि प्रायः अमेरिकी गुणस्तरको हुँदैन । स्वास्थ्यसेवा पाउने ठाउँहरूमा अत्यधिक भीड हुने गर्दछ । सार्वजनिक अस्पतालहरूमा पाइने आकस्मिक स्वास्थ्य सेवा अमेरिकाको तुलनामा निकै कम गुणस्तरका हुन्छन् । दुर्गम ठाउँमा पदयात्रा (ट्रेकिङ) गर्दा आउने समस्या र चोटपटकका लागि प्रायः हेलिकप्टरबाट उद्धार गर्नुपर्ने हुन्छ । दुर्गम ठाउँबाट काठमाडौँसम्म हेलिकप्टरबाट उद्धार गर्दा ३,००० देखि १०,००० अमेरिकी डलरसम्म लाग्न सक्छ । भ्रमण गर्दा आउने सामान्य समस्याहरू र सामान्य शल्यक्रिया काठमाडौँमा गर्न सकिन्छ । गम्भीर समस्यामा नजिकका शहरहरू नयाँ दिल्ली, बैंकक वा सिंगापुरमा अथवा अमेरिका नै फिर्ता गई उपचार गराउनुपर्ने हुन्छ । ‘मेडिकल इभ्याकुएसन’ का लागि अमेरिका फिर्ता जानुपर्ने अवस्थामा ५०,००० अमेरिकी डलरभन्दा बढी खर्च लाग्छ । अमेरिकी नागरिकहरूलाई नेपालमा पदयात्रा वा दुर्गम क्षेत्रमा अन्य लामो समयको रोमाञ्चक गतिविधि गर्न आउँदा ‘इमरजेन्सी इभ्याकुएसन इन्स्युरेन्स’ गराएर आउनुहुन अमेरिकी दूतावास आग्रह गर्दछ । विदेश यात्रामा इन्स्युरेन्स सेवा प्रदान गर्ने कम्पनीहरूको सूचीका लागि अमेरिकी विदेश मन्त्रालयको वेबसाइट हेर्नुहोला : https://travel.state.gov/content/travel/en/international-travel/before-you-go/your-health-abroad/insurance-providers-overseas.html

नेपालमा डाक्टरलाई कसरी सम्पर्क गर्ने

हरेक वर्ष नेपाल आउने सयौं अमेरिकी नागरिक यहाँका क्लिनिक वा हस्पिटल जान्छन्, र दर्जनौँ ‘मेडिकल इभ्याकुएसन’ मा अमेरिका फिर्ता जान्छन् । अमेरिकी नागरिकलाई सेवा प्रदान गर्ने अनुभव भएका नेपाली डाक्टरहरूको सूची तल दिइएको छ । स्थानीय प्रहरी र पर्यटन व्यवसायीहरूले पनि स्वास्थ्य सेवाप्रदायकका बारेमा जानकारी दिन सक्छन् । काठमाडौँका केही क्लिनिक र हस्पिटलले क्रेडिट कार्डमार्फत भुक्तानी लिन्छन्, तर कतिपयले नगद मात्र लिन्छन् । भर्ना भएर गरिने उपचारका लागि सुरुमै वा डिस्चार्ज हुनुअघि सबै बिल भुक्तानी गर्नुपर्ने हुन्छ । नेपाल भ्रमणमा निस्कनुअघि आफ्नो बीमा कम्पनीसँग मेडिकल इन्स्युरेन्सका बारेमा राम्रोसँग सल्लाह गरेर मात्र आउनुहुन सबै अमेरिकी नागरिकलाई अमेरिकी दूतावासको आग्रह छ ।

अमेरिकी नागरिकका लागि आकस्मिक सेवा

सामान्य जानकारी उपलब्ध गराउनुका अतिरिक्त काठमाडौँस्थित दूतावासले अमेरिकी नागरिकलाई मेडिकल इभ्याकुएसन र अमेरिकाबाट पैसा ल्याउने प्रक्रियासम्बन्धमा सहयोग गर्न सक्छ । कन्सुलर अधिकारीहरूले बिरामी वा घाइते अमेरिकी नागरिकलाई आफ्ना परिवार र इष्टमित्रसँग सम्पर्क गर्न, नेपालमा हुनसक्ने उपायबारे जानकारी दिन, वा नेपालमा स्वास्थ्यसेवा लिन सहयोग गर्नसक्छन् ।

कृपया ध्यान दिनुहोला, अमेरिकी मेडिकेयरले विदेशमा हुने उपचारको खर्च प्रायः व्यहोर्दैन । त्यस्तै अमेरिकी सरकार वा यहाँस्थित दूतावासले पनि विदेशमा गरिएको निजी उपचारको खर्च व्यहोर्दैन ।

नेपालमा आफ्नो हेरविचार कसरी गर्ने ?

नेपालको भूगोल र सरसफाइको अवस्थाले यहाँ आउने पर्यटक र यहीँ बसोबास गरिरहेका दुवैलाई रोग लाग्ने जोखिम रहन्छ । केही सामान्य कुरामा ध्यान दिएको खण्डमा तपाईंको भ्रमण सुरक्षित र आनन्ददायक हुनसक्छ ।

अनुभवी पर्वतारोही र पदयात्रीलाई पनि लेक लाग्ने समस्याले छुनसक्छ ।  शारीरिक अभ्यास वा स्वास्थ्यले मात्र लेक नलाग्ने भन्ने हुँदैन । लुक्ला र जोमसोमजस्तो उच्चस्थानमा सीधै हवाइमार्गबाट जाँदा तपाईंको शरीरले आफूलाई त्यो ठाउँमा अभ्यस्त गराउनै पाएको हुँदैन । लेक लाग्दा कहिलेकाहीँ ज्यानै जाने हुनसक्छ, र लेक लागेको अवस्थामा तत्कालै कम उचाइतिर ओर्लिहाल्नु पर्छ । लेक लाग्ने समस्या तीनप्रकारका हुन्छन् : एक्युट माउन्टेन सिकनेस (ए.एम.एस.), हाइ–अल्टिच्युड सेरेब्रल एडिमा (हेस), र हाइ–अल्टिच्युड पल्मोनरी एडिमा (हेप) । ए.एम.एस.का लक्षणहरूमा टाउको दुख्‍ने, थकान, भोक नलाग्ने, रिँगटा लाग्ने, र कहिलेकाहीँ बान्ता आउने हुनसक्छ । यी लक्षणहरू एकै उचाइमा केही समय बसिरहँदा कम हुँदै जान सक्छन् । हेस र हेप चाहिँ खतरापूर्ण अवस्था हुन्, जसमा थकान, भ्रान्ति र श्‍वास फेर्न कठिनाइ हुन्छ । यस्तो लक्षण देखिनासाथ तत्काल कम उचाइतिर ओर्लिहाल्नु पर्छ र स्वास्थ्यकर्मीकहाँ जानुपर्छ ।

नेपाल भ्रमणमा आउने अधिकांश पर्यटकलाई भइराख्‍ने समस्या भनेको पखाला र पेटसम्बन्धी गडबडी हो । गर्मी र मनसुनको समयमा यो समस्या बढी देखिन्छ । पखाला लागेकै कारण ज्यान जाने चाहिँ विरलै मात्र हुन्छ । तर निको नभएमा वा तपाईंको स्वास्थ्य अवस्था ठीक नभएमा स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्छ । पेटसम्बन्धी गडबडीबाट बच्नका लागि निम्नानुसार सावधानी अपनाउनुहोला :

सडकमा बेच्न राखेका वा फोहोर ठाउँबाट खानेकुरा वा पेयपदार्थ नकिन्ने । काँचो वा पूरा नपाकेको मासु वा माछा नखाने । बोक्रा नताछी काँचो फलफूल र सागसब्जी नखाने । मिनरल वाटर, कार्बोनेटेड पेय, वा आफूलाई पक्का भएको सुरक्षित पानी (उमालिएको वा आयोडिन/क्लोरिन राखिएको) मात्र खाने । बोटलमा बेचिने पानी कहिलेकाहीँ धाराबाट वा खोलाबाट सीधै भरेर राखिएको हुनसक्छ । बोटलको सील राम्रोसँग लगाइएको छ छैन जाँच गरेर मात्र पानी लिनुहोला ।

नेपाल आउने पर्यटकको स्वास्थ्यसँग सम्बन्धित र खोपसम्बन्धी जानकारीका लागि अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रको नेपाल भ्रमण गर्नेसम्बन्धी जानकारी हेर्नुहोला ।

(जनवरी २०२४ मा अद्यावधिक गरिएको)

नेपालमा उपलब्ध स्वास्थ्य संस्था, हवार्इ एम्बुलेन्स, हेलिकप्टर इभ्याकुएसन सेवा

नेपालमा आउने पर्यटकलार्इ सेवा दिने केही हस्पिटल, क्लिनिक, र अन्य स्वास्थ्यसेवा प्रदायकको सूची यहाँ दिइएको छ । यस सूचीमा उल्लिखित संस्था वा व्यक्तिहरूको व्यावसायिक क्षमता र उनीरूले प्रदान गर्ने सेवाको गुणस्तरका बारेमा अमेरिकी दूतावास कुनै जिम्मेवारी लिँदैन । यस सूचीमा उल्लेख हुनुको अर्थ अमेरिकी विदेश मन्त्रालय वा अमेरिकी दूतावासले उनीहरूलाई आधिकारिकता दिएको छ भन्ने कदापि होइन । त्यस्तै, यो सूची वर्णमानुक्रम अनुसार दिइएको हो, यसले अरू कुनै अर्थ राख्दैन । यहाँ उल्लेख गरिएका विवरण सम्बन्धित सेवा प्रदायकले नै उपलब्ध गराएका हुन्, यसको जिम्मा अमेरिकी दूतावासले लिँदैन ।

काठमाडौँ उपत्यकाका हस्पिटल र क्लिनिकहरू

काठमाडौँ

चिरायु नेशनल हस्पिटल
बसुन्धरामा अवस्थित यस निजी अस्पतालले उत्कृष्ट अभ्यासमा आधारित सामान्य तथा विशेषज्ञ चिकित्सा सेवाहरू प्रदान गर्दछ । अस्पतालले ओपीडी, कोलोनोस्कोपी, इकोकार्डियोग्राफी लगायत अन्य विभिन्न सेवाहरू उपलब्ध गराउँछ ।
टेलिफोन : ०१५९०५८८८८ / ०१-५९०२९९९ / ०१-५९०२८८८ / ५९०००७६५ / ९८०११३८२२२
ईमेल : chirayunationalhospital@gmail.com
वेबसाइट : https://chirayuhospital.com.np/

सिवेक ट्राभल मेडिसिन हस्पिटल
यो अस्पताल बेलायती र भारतीय दूतावासहरू नजिकै लाजिम्पाटमा अवस्थित छ । विदेशी तथा नेपाली चिकित्सकहरू कार्यरत रहेको यो अस्पताल हप्ताको सातै दिन खुला हुन्छ र अस्पतालमा २४सै घण्टा डाक्टरको सेवा उपलब्ध हुन्छ । अमेरिकी हाइजिनिस्ट र नेपाली दन्त चिकित्सकको सेवा हप्तामा पाँच दिन उपलब्ध हुन्छ । प्रयोगशालाको सुविधा, एम्बुलेन्स सेवा, खोप, औषधि, एक्स-रे र अल्ट्रासाउन्ड सेवा अस्पतालमा उपलब्ध छन् । स्त्रीरोग/प्रसूति विशेषज्ञको सेवा सोमवार, बुधवार र शुक्रवार अपराह्न उपलब्ध हुन्छ । अमेरिकी मनोचिकित्सकको सेवा पनि उपलब्ध छ । नगद, भिसा र मास्टरकार्ड स्वीकार गरिन्छ ।
टेलिफोन : +९७७-१-५१५९२६६, +९७७-९८०१२०२५५०
ईमेल : info@ciwec-clinic.com
वेबसाइट : http://www.ciwec-clinic.com 

एरा इन्टरनेशनल हस्पिटल
ठमेलनजिकै सोह्रखुट्टे–१६ मा अवस्थित एरा इन्टरनेशनल हस्पिटलले विदेशी ग्राहक तथा नेपाली नागरिकलाई समान मूल्यमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । अस्पतालले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्ने सुविधायुक्त प्रयोगशाला, मेडिकल उपकरण र संयन्त्रमार्फत चिकित्सा सेवा र हेरचाह प्रदान गर्दछ । अस्पतालले मुख्यतया यात्रु, पदयात्री, कूटनीतिज्ञ, सहायताकर्मी र अन्तर्राष्ट्रिय स्वयंसेवकलाई लक्षित गरी स्वास्थ्य परीक्षण प्याकेज तयार पारेको छ । यसका अतिरिक्त अस्पतालले शीघ्र उद्धार र मेडिकल इभ्याक्युएसन सेवाहरू सञ्चालन गर्दछ ।
टेलिफोन : +९७७-१-४३५२४४७, +९७७-१-४३५२४४८
ईमेल : info@era-hospital.com
वेबसाइट : https://era-hospital.com/about

ग्रान्डी सिटी हस्पिटल
यो अस्पताल ज्योति भवन, कान्तिपथमा अवस्थित छ । यो नेपालकै राम्रो सुविधा भएको निदान तथा उपचार गर्ने स्वास्थ्य संस्था हो ।टेलिफोन : ०१-४१६३५००, ४१६३६००, ४१६३७००, ४१६३६६६, ४१६३७७७, ४१६३५२४
ईमेल : gchappoint@gmail.com, grandecityh@gmail.com
वेबसाइट : http://grandecityhospital.com/

ग्रान्डी इन्टरनेशनल हस्पिटल
यो अस्पताल काठमाडौँको उत्तरपश्चिमपट्टि चक्रपथ बाहिरको धापासीमा अवस्थित छ । यहाँ आईसीयु लगायतका स्वास्थ्य, शल्यक्रिया तथा रोग निदानसम्बन्धी विभिन्न सेवाहरू उपलब्ध छन् । अस्पतालको छतमा हेलिकप्टर बस्नसक्ने सुविधा छ । आकस्मिक कक्ष र एम्बुलेन्स सेवा सुविधा २४सै घण्टा उपलब्ध छ । बहिरङ्ग सेवा आइतवारदेखि शुक्रवारसम्म उपलब्ध छ । अस्पतालमा “र्‍यापिड रेस्क्यु” (शीघ्र उद्धार) को व्यवस्था छ, जसअन्तर्गत हरेक दिन २४सै घण्टा इमरजेन्सी मेडिकल टिम मुलुकको कुनै पनि भागबाट उद्धारका लागि तयारी अवस्थामा रहने गरेको छ । सो टोलीमा आवश्यक उपकरणसहित ट्रमा कन्सल्ट्यान्ट र प्यारामेडिक्स समेत रहने गरेका छन्  । उद्धारस्थलको अवस्था हेरी हवाई तथा सडक एम्बुलेन्स सेवा उपलब्ध छ ।
टेलिफोन : +९७७-१-५१५९२६६, +९७७-९८०१२०२५५०
अन्तर्राष्ट्रिय संयोजक (सुष्मा बस्नेत): +९७७-९८०-१२०-२५५३
ईमेल : Sushma.basnet@grandehospital.com
वेबसाइट : http://www.grandehospital.com

ग्रीन सिटी हस्पिटल
यो अस्पताल काठमाडौँको बसुन्धरामा अवस्थित छ । अस्पतालले चौबीसै घण्टा आकस्मिक सेवा प्रदान गर्दछ । अन्य सेवामा ओपीडी, आईपीडी, प्याथोलोजी, रेडियोलोजी लगायत रहेका छन् ।
टेलिफोन : +९७७-१-४९८११३३, ४९८३१६९, ४९५२२४८
ईमेल : info@gch.com.np
वेबसाइट : https://www.gch.com.np/

ह्याम्स अस्पताल
हस्पिटल फर एड्भान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स) काठमाडौँको धुमबाराहीमा अवस्थित एक बहुविशेषता भएको, टर्सरी सेवा प्रदान गर्ने बुटिक अस्पताल हो । यसले अत्यधिक अनुभवी चिकित्सक, प्राविधिक र प्रशासकहरूको सहयोगबाट गुणस्तरीय र सुपथ स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।  अस्पतालमा मुटुरोग, स्त्रीरोग, शल्यक्रिया, युरोलोजी, बालरोग, वेलनेस सेन्टर जस्ता सेवाहरूका विभिन्न केन्द्रहरू छन् ।
टेलिफोन : +९७७-०१-४३७७४०४, +९७७-०१-४३७७७०४
२४ घण्टा एम्बुलेन्स र आकस्मिक सेवा : +९७७-९८०१९०४६४०
ईमेल : info@hamshospital.com
वेबसाइट : https://hamshospital.com/

हिमालयन उद्धार संघ
यस संघको प्रधान कार्यालय नारायणहिटी राजदरबारको उत्तर ढोका नजिकै लाजिम्पाटमा रहेको छ । सन् १९७३ मा पदयात्रीको मृत्यु दर घटाउने लक्ष्यका साथ यस संघको स्थापना भएको थियो । यस संघले पदयात्रीहरूलाई लेक लाग्ने बिमार, उपकरण र पदमार्गहरूको अवस्थाको बारेमा नि:शुल्क सल्लाह दिन्छ । यस संघले फेरिचे र मनाङमा सिजन (चैत-जेठ र असोज-मङ्‌सिर) मा विदेशी चिकित्सकहरू कार्यरत सहायता कार्यालयहरू सञ्चालन गर्दछ ।
टेलिफोन : +९७७-०१-४५४०२९२, +९७७-०१-४५४०२९३
ईमेल : hra@himalayanrescue.org
वेबसाइट : http://www.himalayanrescue.org 

मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल
यो अस्पताल काठमाडौँको स्वयम्भूमा अवस्थित छ । बिरामीलाई स्वास्थ्य सेवा प्रदान गर्नका लागि अस्पताल हरेक दिन २४सै घण्टा खुला रहन्छ । प्राणघातक अवस्थामा रहेका बिरामीहरूलाई तत्काल सेवा प्रदान गर्न सकियोस् भनी आकस्मिक विभागहरू २४सै घण्टा खुला रहन्छन् ।
टेलिफोन : +९७७-१-५२४७३१४, १५, १६, १७, १८, १९
ईमेल : info@mmth.edu.np
वेबसाइट : https://mmth.edu.np/#

मेडिकेयर नेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर
काठमाडौँको चाबहिल चोकमा अवस्थित यस निजी अस्पतालमा फोक्सो रोग, मातृ स्वास्थ्य, बालरोग र हाडजोर्नी रोगसम्बन्धी विभागहरू छन् ।
टेलिफोन : +९७७-०१-४५६७०६७, ०१-४५६७०११, ०१-४५६७०१०, ०१-४५६८६०९, ०१-४५७९७४१
ईमेल : medicare@medicarehosp.com
वेबसाइट : www.medicarehosp.com

नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइड साइन्सेस
यो अस्पताल बाँसबारी, काठमाडौँमा अवस्थित छ । यहाँ आकस्मिक सेवा, रोग निदान सेवा, न्यूरोसाइकियाट्री, हाडजोर्नी र आघात, न्यूरोटोलोजी (कान, नाक र घाँटी), न्यूरो-आँखारोग सेवा, फिजियोथेरापी र पुनर्स्थापना लगायतका सेवाहरू प्रदान गरिन्छ ।
टेलिफोन : +९७७-१-४३७३८५०, +९७७-१-४३७९०१०
इमरजेन्सी : +९७७-०१-४३७३८५०
ईमेल : national@neuro.org.np
वेबसाइट : http://neuro.org.np/

राष्ट्रिय ट्रमा सेन्टर
यो अस्पताल काठमाडौँको महाबौद्धमा अवस्थित छ । नेपालमा गुणस्तरीय ट्रमा हेरचाह र ट्रमा राहत केन्द्रको आवश्यकता बुझ्दै राष्ट्रिय ट्रमा सेन्टरलाई नेपालको पहिलो र एक मात्र ट्रमा अस्पतालको रूपमा स्थापना गरिएको हो । यसले नेपालको महाभूकम्प (२०७२) को समयमा बिरामीहरूलाई आफ्नो अविभाज्य ध्यान र सेवाहरू प्रदान गरेको थियो । यो अस्पताल आघात पीडितहरूको सामूहिक क्षतिको सम्बोधन गर्नका लागि राम्रोसँग तयार छ । यस अस्पतालको मुख्य उद्देश्य बिरामीको मृत्यु वा स्थायी चोटपटक र अशक्तताको सम्भावना कम गर्न सिङ्गो एकाइको रूपमा काम गर्नु हो । अस्पतालले ट्रमा बिरामीहरूको उपचार गर्न, बेहोस भएका बिरामीलाई ब्युँताउन, पुनर्स्थापना गर्न र हेरचाह गर्नका लागि रेफरल टर्सरी केन्द्रको रूपमा काम गर्दछ । अस्पतालमा अर्थोपेडिक, सामान्य शल्यक्रिया, न्यूरोसर्जरी, स्पाइन सर्जरी, बर्न र प्लास्टिक सर्जरी, एनेस्थेसियोलोजी, रेडियोलोजी, प्याथोलोजी, ओटोलरीङ्गोलोजी, थोरासिक र भास्कुलर सर्जरी, डेन्टल, र फेसियोमेक्सिलरी विभागहरू छन् ।
टेलिफोन :
ईमेल : nationaltraumacenter@nams.org.np
वेबसाइट : https://www.nationaltraumacenter.gov.np/en

नेपाल इन्टरनेशनल क्लिनिक
यो क्लिनिक ठमेलबाट नजिकको पैदल दूरीमा रहेको कालधारामा अवस्थित छ । यहाँ बिहान ९:०० बजेदेखि साँझ ५:०० बजेसम्म, आइतवारदेखि शनिवारसम्म स्वास्थ्य जाँच गराउन सकिन्छ । अमेरिकी बोर्डबाट प्रमाणित नेपाली चिकित्सक डा. बुद्ध बस्नेत यस क्लिनिकका मेडिकल डाइरेक्टर हुन् । यहाँ नेपाली चिकित्सकहरू कार्यरत छन्, जसमध्ये कोही पाश्चात्य मुलुकबाट प्रशिक्षित भएका हुन् । यस क्लिनिकले पाश्चात्य शैलीमा चिकित्सा सेवा प्रदान गर्दछ । यहाँ उपलब्ध सेवाहरूमा एक्स-रे, अल्ट्रासाउन्ड, प्रयोगशालाको सुविधाहरू र खोप पर्दछन् । आकस्मिक अवस्थामा २४सै घण्टा चिकित्सकलाई टेलिफोनमार्फत सम्पर्क गर्न सकिन्छ । यहाँ नगद, भिसा, मास्टरकार्ड र अमेरिकन एक्सप्रेस स्वीकार गरिन्छ ।
टेलिफोन : +९७७-१-४४३-४६४२, +९७७-१-४४३-५३५७
ईमेल : nepalinternationalclinic@gmail.com
वेबसाइट : http://nepalinternationalclinic.com/

नेपाल मेडिकल कलेज प्रा. लि.
यो अस्पताल काठमाडौँको जोरपाटीमा अवस्थित छ । यहाँ क्लिनिकल स्वास्थ्य प्रयोगशाला, रेडियोलोजी, अपरेसन थिएटर तथा क्याजुअल्टी सेवा, आईसीयु, सिसियु, एनआईसीयु, हेमोडायलिसिस सेवा, एम्बुलेन्स सेवामार्फत २४सै घण्टा स्वास्थ्य सेवा प्रदान गरिन्छ । साथै इकोकार्डियोग्राफी, होल्टर (मुटुको धड्कन जाँच), टीएमटी, ग्यास्ट्रोएन्डोस्कोपी, कोलोनोस्कोपी, ब्रोन्कोस्कोपी, अल्ट्रासोनोग्राफी र पल्मोनरी फङ्क्शन टेस्ट (यन्त्रद्वारा फोसोको जाँच) सुविधाहरू नियमित रूपमा उपलब्ध छन् । बायोकेमिस्ट्री, हेमेटोलोजी, माइक्रोबायोलोजी र प्याथोलोजीसँग सम्बन्धित निश्चित अनुसन्धानहरू सम्बन्धित विभागहरूमा उपलब्ध छन् । शैक्षिक, अनुसन्धान र स्वास्थ्य सेवाहरू सञ्चालन गर्नका लागि ती विभागहरूमा दक्ष जनशक्ति र उपयुक्त स्रोतसाधनको सुविधा छ ।
टेलिफोन : +९७७-०१-४९११००८, +९७७-०१-४९१२११८
ईमेल : principal@nmcth.edu
वेबसाइट : Nepal Medical College & Teaching Hospitals (nmcth.edu)

नेपाल अर्थोपेडिक अस्पताल
यो अस्पताल काठमाडौँको जोरपाटीमा अवस्थित छ । यहाँ इमर्जेन्सी सेवा, ओपीडी, अर्थोटिक तथा प्रोस्थेटिक सेवा, फिजियोथेरापी, शल्यक्रिया लगायतका सेवा प्रदान गरिन्छ ।
टेलिफोन : ९७७-१-४९११७२५, ४९११२७४
ईमेल : neporth@mos.com.np
वेबसाइट : https://www.noh.org.np/

नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड आउटप्यासेन्ट क्लिनिक
यो अस्पताल थापाथलीमा अवस्थित छ । बहिरङ्ग निदान सेवाहरू बिहान ८:०० बजेदेखि राति ८:०० बजेसम्म, आइतवारदेखि शुक्रवारसम्म उपलब्ध गराइन्छ । यस अस्पतालले कार्डियाक केयरको साथसाथै सामान्य मेडिकल केसहरूमा विशेषज्ञता हासिल गरेको छ । यहाँ २४सै घण्टा इमरजेन्सी र एम्बुलेन्स सेवाहरू उपलब्ध छन् । अस्पतालमा सिसियु, आईसीयु, एनआईसीयु र मेडिकल आईसियुको व्यवस्था छ ।
टेलिफोन : ९७७-१-५९७००३२
इमरजेन्सी : ९७७-१-५९११६२३
ईमेल : info@norvichospital.com
वेबसाइट : http://www.norvichospital.com 

ओम हस्पिटल एण्ड रिसर्च सेन्टर
यो अस्पताल काठमाडौँको चावहिलमा अवस्थित छ । अस्पतालमा स्त्रीरोग तथा प्रसूति सेवा, आन्तरिक चिकित्सा, आँखारोग, ग्यास्ट्रोएन्टेरोलोजी, न्युरोलोजी, मनोरोग, दन्त चिकित्सा, फिजियोथेरापी, सामान्य बालरोग, छालारोग, यौनरोग तथा कुष्ठरोग, पेडियाट्रिक सर्जरी, मुटुरोग, अन्कोलोजी, प्लास्टिक सर्जरी, नाक कान घाँटी, रेडियोलोजी, युरोलोजी, हाडजोर्नी, जनरल सर्जरी र मृगौलारोग लगायतका सेवाहरू उपलब्ध छन् ।
टेलिफोन : +९७७-१-४४७-६२२५
इमरजेन्सी : +९७७-९८०२०७६२२५
ईमेल : omhrc@omhospitalnepal.com
वेबसाइट : www.omhospitalnepal.com 

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल
यो अस्पताल काठमाडौँको थापाथलीमा अवस्थित छ । अस्पतालले प्रसूति तथा स्त्रीरोग, रेडियोलोजी र प्याथोलोजी सेवा लगायतका सेवा प्रदान गर्दै आएको छ ।
टेलिफोन : ०१-४२५३२७६, ०१-४२५३२७७, ०१-४२१२५६८, ०१-४२६०२३१, ०१-४२६०४०५
ईमेल : info@prasutigriha.org.np
वेबसाइट : http://www.prasutigriha.org.np

शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र
बाँसबारी, काठमाडौँमा अवस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले कार्डियोलोजी र कार्डियाक सर्जरीको क्षेत्रमा विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । विभिन्न प्रकारका हृदयरोगहरू सम्हाल्ने यो केन्द्र एक पूर्ण अस्पताल नै हो । यो अस्पताल मुटुरोग र मुटुको शल्यक्रियाको राष्ट्रिय रेफरल सेन्टरको रूपमा स्थापित भएको छ । यहाँ नवीनतम प्रविधिहरूका साथ मुटुरोगसम्बन्धी सर्वोत्कृष्ट सेवाहरू उपलब्ध छन् ।टेलिफोन : ९७७-१-४३७१३२२, ४३७१३७४, ४३७०६२२, विस्तारित अस्पताल सेवा : ४३७६३४९
ईमेल : sgnhc@sgnhc.org.np,info@sgnhc.org.np
वेबसाइट : https://www.sgnhc.org.np/

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल
काठमाडौँको महाराजगञ्जमा अवस्थित यो अस्पताल अमेरिकी दूतावास नजिकै छ । यस ठूलो सरकारी अस्पतालमा सघन उपचार कक्ष, बिरामी र शल्यचिकित्सा सुविधा, कार्डियाक केयर युनिट र २४सै घण्टा आकस्मिक कक्षको व्यवस्था छ ।
टेलिफोन : +९७७-१-४४१-२३०३, +९७७-१-४४१-२४०४, +९७७-१-४४१-२५०५, +९७७-१-४४१-२८०८
ईमेल : tuthdirector@iom.edu.np
वेबसाइट : http://www.teachinghospital.org.np 

ललितपुर

अल्का अस्पताल प्रा. लि.
यो अस्पताल जावलाखेल, ललितपुरमा अवस्थित छ । अस्पतालले २४सै घण्टा सेवा प्रदान गर्नुका साथै सुविधासम्पन्न प्रविधिसहितको विशेषज्ञ द्रुत र सुपथ सेवा प्रदान गर्दै आएको छ । चिकित्सकको परामर्श, बहिरङ्ग सेवाका साथै एक्स-रे, युएसजी, इको जस्ता रोग निदानका सुविधाहरू समेत अस्पतालमा उपलब्ध छन् ।
टेलिफोन : +९७७-०१-५९७०७९५, +९७७-०१-५४५५५५५
ईमेल : info@alkahospital.com
वेबसाइट : www.alkahospital.com

बी एण्ड बी अस्पताल
यो अस्पताल ग्वार्को, ललितपुरमा अवस्थित छ । बी एन्ड बी अस्पतालले आपत्‌कालीन सेवादेखि सामान्य, वैकल्पिक र उप-विशेषज्ञ चिकित्सा र शल्य चिकित्सा लगायतका सेवाहरू प्रदान गर्दछ । यो अस्पताल हाडजोर्नी सेवा, मूत्ररोग सेवा/सर्जिकल दक्षताको लागि मुलुकमै प्रतिष्ठित छ । साथै यो अस्पताल द्रुत गतिमा निदान (विस्तारित प्रयोगशाला क्षमता), इमेजिङ (एक्स-रे, म्यामोग्राफी, बोन डेन्सिटोमेट्री, सीटी स्क्यान, एमआरआई, अल्ट्रासाउन्ड एप्लिकेसनहरू, आदि) र उपचार (लेप्रोस्कोपिक इन्टरभेन्शन, एन्डोरोलोजी, लेजर सर्जरी, जीआई-इन्डोस्कोपिक इन्टरभेन्शन, आर्थोस्कोपिक सर्जरी, जोइन्ट रिप्लेसमेन्ट, प्लास्टिक रिकन्सट्रक्सन सर्जरी, आदि) सेवाका लागि अत्याधुनिक सुविधा सहितको बहुविशेषतायुक्त तथा सुपर सपेशल्टी हस्पिटलको रूपमा विकसित भइरहेको छ ।
टेलिफोन : +९७७-०१-५९७०९९९, ०१-५५४४८००, ०१-५५४४९४१, ०१-५५३१९३३
ईमेल : admin@bbhospital.com.np
वेबसाइट : https://bbhospital.com.np/

नेपाल मेडिसिटी अस्पताल
ललितपुरको भैँसेपाटीमा अवस्थित नेपाल मेडिसिटी अस्पतालले डायग्नोस्टिक मेडिसिन, न्यूरो साइन्स, कार्डियाक साइन्स, डाइजेस्टिभ डिजिज, अर्थोपेडिक र जोइन्ट रिकन्सट्रक्सन, मातृ तथा शिशु सेवा, मृगौला विज्ञान, क्यान्सर केयर, ईएनटी – हेड र नेक सर्जरी, इन्टर्नल मेडिसिन / इन्डोक्राइनोलोजी र वेलनेस, पेरी-अपरेटिभ मेडिसिन, इमर्जेन्सी मेडिसिन, र प्रि-हस्पिटल केयर, फिजियोथेरापी र रिह्याबिलिटेशन, चर्मरोग विभाग, दन्त चिकित्सा विभाग, नेत्र विज्ञान विभाग, मनोचिकित्सा विभाग, क्लिनिकल पोषण तथा आहार विज्ञान विभाग र पल्मोनोलोजी विभाग जस्ता विभिन्न सेवाहरू प्रदान गर्दछ । यहाँ २४सै घण्टा आपत्‌कालीन सेवा प्रदान गरिन्छ । यो अस्पताल NABH (National Accreditation Board for Hospitals & Healthcare Providers) द्वारा प्रमाणित नेपालको पहिलो र एक मात्र सुपर स्पेशियलिटी अस्पताल हो ।
टेलिफोन : ०१-४२१७७६६; +९७७-९८१०१३६४९१
इमरजेन्सी हटलाइन : ११३४
आकस्मिक हेली उद्धार : +९७७-९८०१२३५६९८
ईमेल : info@nepalmediciti.com
वेबसाइट : http://www.nepalmediciti.com

पाटन हस्पिटल प्राइभेट क्लिनिक
यो क्लिनिक लगनखेल, पाटनमा अवस्थित छ र पाटन अस्पतालसँग सम्बद्ध छ । यहाँ प्रसूति/स्त्रीरोग सेवा, सर्जरी, बालरोग सेवा, चर्मरोग सेवा, इन्टर्नल मेडिसिन र हाडजोर्नी सेवा लगायतका विशेषज्ञ सेवाहरू उपलब्ध छन् । यहाँ स्थानीय तथा विदेशी आवासीय चिकित्सकहरू कार्यरत छन् ।
टेलिफोन : +९७७-१-५५२२२७८ / ५५२२२६६
पाटन प्राइभेट क्लिनिक : +९७७-१-५५४८००७
पाटन अस्पताल एम्बुलेन्स सेवा : +९७७-९८४०२५५८८
वेबसाइट :https://www.pahs.edu.np/pahs-community/hospital/ 

सर्वाङ्ग स्वास्थ्य सदन अस्पताल
ललितपुरको कुपण्डोलमा अवस्थित सर्वाङ्ग अस्पतालले विभिन्न सुविधाहरूको साथ अन्तरङ्ग बिरामीका लागि ५० ओटा शय्याहरू, एक उच्च सुविधायुक्त आपत्‌कालीन विभाग, विशेष क्लिनिकहरूसहितको एक बहिरङ्ग विभाग, पछिल्ला प्राविधिक क्षमताहरूसहितको एक क्लिनिकल प्रयोगशाला, पारम्परिक एक्स-रे यन्त्रसहितको डायग्नोस्टिक रेडियोलोजी विभाग, डोप्लर अल्ट्रासाउन्ड, म्यामोग्राफी, इकोकार्डियोग्राम र क्लोज्ड-सर्किट टेलिभिजन प्रणाली जडित २ ओटा आधुनिक अपरेटिङ कक्ष लगायतका सेवाहरू प्रदान गर्दछ ।टेलिफोन : ०१-५५४४११८, ०१-५५२४९९६, ०१-५५२००९३
ईमेल : sarvangahospital@gmail.com
वेबसाइट : http://www.sarvangahospital.com

स्टार हस्पिटल
यो अस्पताल ललितपुरको सानेपामा अवस्थित छ । यहाँ २४सै घण्टा प्याथोलोजी, २४सै घण्टा इमर्जेन्सी, २४सै घण्टा रेडियोलोजी, २४सै घण्टा फार्मेसी, आईसीयु र काउन्सेलिङको सेवा उपलब्ध छ।
टेलिफोन : +९७७-१-५४५०१९८
वेबसाइट : https://www.starhospitallimited.com/

सुमेरु सिटी अस्पताल
ललितपुरको पुल्चोकमा अवस्थित यस अस्पतालले २४सै घण्टा इमर्जेन्सी सेवा प्रदान गर्दै आएको छ । साथै ओपीडी, ओटी तथा सर्जिकल सेवा, सिटी स्क्यान, एमआरआई, ल्याब सेवा लगायतका अन्य सेवाहरू समेत उपलब्ध छन् ।
टेलिफोन : + ९७७- ०१-५४०००००, ५४१११११, ५४४४४४४
ईमेल : info@sumerucityhospital.com
वेबसाइट : https://sumerucityhospital.com/

वयोधा अस्पताल
काठमाडौँको बल्खु चोकमा अवस्थित यस निजी अस्पतालले विभिन्न प्रकारका मेडिकल, सर्जिकल र डायग्नोस्टिक सेवाहरू प्रदान गर्दछ । अस्पतालले कार्डियाक अरेस्टका लागि फोर्टिस एस्कर्ट्ससँग सम्बन्धन प्राप्त गरेको छ । यहाँ २४सै घण्टा आकस्मिक कक्ष र एम्बुलेन्स सेवा उपलब्ध छ । सीसीयु र आईसीयुको व्यवस्था छ । अस्पताल भवनको छतमा हेलिकप्टर अवतरण गर्न सक्ने सुविधा छ । बहिरङ्ग सेवा आइतवारदेखि शुक्रवारसम्म उपलब्ध गराइन्छ ।
टेलिफोन : +९७७-४२८६४२८, ४२८६४२६
हटलाइन : +९७७-१-४२८६४२८
इमर्जेन्सी प्रत्यक्ष नम्बर : +९७७-१-४२८८४०४, ९७७-१-२१११३३३
ईमेल : info@vayodhahospitals.com
वेबसाइट : https://vayodha-hospitals.business.site/

भक्तपुर

भक्तपुर क्यान्सर अस्पताल
यो अस्पताल भक्तपुरको दूधपाटीमा अवस्थित छ । यस अस्पतालले क्यान्सर उपचार, अध्ययन र अनुसन्धानमा विशेषता हासिल गरेको छ । १५० शय्याको यस क्यान्सर अस्पतालले किमोथेरापी, रेडियोथेरापी, शल्यक्रिया र प्यालिएटिभ केयर सेवा प्रदान गर्दै आएको छ । अस्पताललाई नेपाल सरकार र रोटरी इन्टरनेशनलको सहयोग प्राप्त छ ।
टेलिफोन : +९७७-०१-६६१४४३०, ०१-६६११५३२
ईमेल : bch@ntc.net.np
वेबसाइट : https://bch.org.np/

भक्तपुर इन्टरनेशनल हस्पिटल
भक्तपुर इन्टरनेशनल हस्पिटल मध्यपुर थिमि नगरपालिकाको कौशलटारमा छ । भक्तपुर जिल्ला र आसपासका जिल्लाका स्थानीय तथा बिरामीलाई कम खर्चमा उपचार सेवा प्रदान गर्ने उद्देश्यका साथ यो अस्पताल स्थापना गरिएको हो । अस्पतालले हाडजोर्नी, कार्डियोलोजी, फिजियोथेरापी, स्त्रीरोग लगायतका सेवा प्रदान गर्दै आएको छ ।
टेलिफोन : ०१-६६३७१७१, ०१-६६३७२७१
ईमेल :  info@bihospital.com.np
वेबसाइट :  https://bihospital.com.np/

काउन्सेलिङ र साइकोथेरापी

त्रि.वि. शिक्षण अस्पताल मानसिक स्वास्थ्य हटलाइन नम्बर : ९८४००२१६००

त्रि.वि. शिक्षण अस्पतालको नियमित नम्बर : +९७७ १-४४१२३०३

मनोसामाजिक सहयोग तथा परामर्श हटलाइन सेवा : १६६००१०२००५

पाटन मानसिक अस्पताल
ललितपुरको लगनखेलमा अवस्थित यस अस्पतालले विभिन्न प्रकारका मानसिक स्वास्थ्य सेवा उपलब्ध गराउँछ ।

आत्महत्या रोकथाम हटलाइन सेवा : ९८१३४७६१२३ (२४ घण्टा नि:शुल्क सेवा, अन-कल आवासीय एमडी मनोचिकित्सकद्वारा सेवा प्रदान)

टेलिसाइकियाट्री सेवा बुकिङ : ९८२८९७१४८८.
यो सेवा सोमवार र शुक्रवार बिहान १० बजे देखि १२ बजेसम्म (भाइबर/ह्वाट्सएपमार्फत निःशुल्क) उपलब्ध गराइन्छ ।

निजी क्लिनिक – पाटन मानसिक अस्पताल : ०१-५५४८००७ (८ बजे देखि ४ बजेसम्म, शनिवार बाहेक)

मानसिक स्वास्थ्य हेल्पलाइन, नेपाल : १६००१३३६६६
ईमेल :  mentalhospitallagankhel@gmail.com
वेबसाइट : https://mhl.gov.np/

सेन्टर फर मेडिकल हेल्थ एण्ड काउन्सेलिङ नेपाल (सीएमसी-नेपाल)

जीतजङ्ग मार्ग, थापाथलीमा अवस्थित यस गैरसरकारी संस्थाले व्यक्ति, दम्पती, परिवार, बालबालिका तथा ज्येष्ठ नागरिकका लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवा प्रदान गरी मानसिक स्वास्थ्य तथा विकासका क्षेत्रमा काम गर्दै आएको छ । डा. कपिलदेव उपाध्यायद्वारा हरेक मङ्गलवार मानसिक स्वास्थ्य परीक्षण तथा थेरापी सेवा उपलब्ध गराइन्छ । काउन्सेलिङ सेवा आइतवार-शनिवार अपराह्न ४:०० बजेपछि उपलब्ध गराइन्छ ।
टेलिफोन : +९७७ ०१ ४१०२०३७, ५३२६०४१, १६६० ०१ ८५०८० (टोल फ्री)
ईमेल : cmcnepal@mos.com.np
वेबसाइट : https://cmcsnepal.com.np/

सिवेक ट्राभल मेडिसिन हस्पिटल
यो अस्पताल बेलायती र भारतीय दूतावासहरू नजिकै लाजिम्पाटमा अवस्थित छ । यहाँ पाश्चात्य मुलुकमा प्रशिक्षित मनोचिकित्सक र मनोवैज्ञानिकको सेवा उपलब्ध छ । अस्पतालले नगद, भिसा र मास्टरकार्ड स्वीकार गर्दछ ।
टेलिफोन : +९७७-१-४५२४१११, ४५२४२४२, ४५३५२३२
ईमेल : info@ciwec-clinic.com
वेबसाइट : https://ciwechospital.com 

रिदम न्युरोसाइकियाट्री हस्पिटल एण्ड रिसर्च सेन्टर
यो अस्पताल ललितपुरको एकान्तकुनामा अवस्थित छ । यस अस्पतालले योग्य टोलीसहित एउटै छातामुनि मनोचिकित्सा र मनोवैज्ञानिक सेवाका साथै भावनात्मक विषयहरूको सम्बोधन, व्यक्तित्व सुदृढीकरण, “डी”-लतसम्बन्धी सेवाहरू (लागुपदार्थ र मदिरा) र सम्बन्धित न्युरोलोजिकल सेवा लगायतका विस्तृत सेवाहरू प्रदान गर्दछ ।
टेलिफोन : +९७७-९८१-०१४६५५९, +९७७-०१-५४५०९७७, +९७७-०१-५४५०४११
ईमेल : rhythm@rhythmofmymind.com
वेबसाइट : https://rhythmofmymind.com/  

दन्त क्लिनिकहरू

सिवेक ट्राभल मेडिसिन क्लिनिक
यो क्लिनिक बेलायती र भारतीय दूतावासहरू नजिकै लाजिम्पाटमा अवस्थित छ । यहाँ दन्तसेवा र अमेरिकन हाइजिन उपलब्ध छ । यस क्लिनिकले नगद, भिसा र मास्टरकार्ड स्वीकार गर्दछ ।
टेलिफोन : +९७७-१-४५२४१११, ४५२४२४२, ४५३५२३२
ईमेल : info@ciwec-clinic.com
वेबसाइट : https://ciwechospital.com

डेन्ट इन – द डेन्टल क्लिनिक
यो क्लिनिक दरबारमार्गस्थित शेर्पा मलको तेस्रो तल्लामा रहेको छ । क्लिनिक आइतवारदेखि शुक्रवारसम्म बिहान ९:३० बजेदेखि साँझ ६:३० बजेसम्म खुला रहनेछ । क्लिनिकमा समय लिएर  मात्र आउन सकिन्छ । (आकस्मिक सेवा शनिवार पनि खुला, तर पूर्वसूचना आवश्यक) । यस क्लिनिकले भिसा, मास्टरकार्ड र स्थानीय डेबिट कार्डहरू स्वीकार गर्दछ ।
टेलिफोन : ०१-४२२१७६४, ०१-४२२१७६० +९७७ ९७६१७८०१७२ (भाइबर)
+९७७ ९७६१७८०१७२ (ह्वाट्सएप)
ईमेल : dentinn.nepal@gmail.com, frontdesk@dent-inn.com
वेबसाइट : https://dent-inn.com/

हेल्दी स्माइल्स
काठमाडौँको लाजिम्पाटस्थित आनन्द भवनमा रहेको यो क्लिनिक आइतवारदेखि शुक्रवारसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला रहन्छ । यहाँ रेडियोग्राफ, दन्त प्रत्यारोपण र फार्मेसी लगायतका सेवा सुविधाहरू उपलब्ध छन् ।
टेलिफोन : +९७७-०१-४५२०८००, +९७७-०१-४५४४६८९, +९७७-९८०१०४४२०८
ईमेल : smilenepal.hs@gmail.com
वेबसाइट : https://www.smilenepal.com/

आँखासम्बन्धी

सुदृष्टि आई क्लिनिक
यो क्लिनिक दरबारमार्गमा छ । यहाँ नयाँ प्रेस्क्रिप्सन, चस्मा र कन्ट्याक्ट लेन्स लगायत आँखासम्बन्धी सम्पूर्ण सेवाहरूको उपलब्ध छन् ।  आइतवारदेखि शुक्रवारसम्म अपराह्न ४:०० बजेदेखि राति ८:०० बजेसम्म आँखा जाँचका लागि समय लिन सकिन्छ ।
टेलिफोन : +९७७-१-४२२-८५३१
ईमेल : seyeclinic@gmail.com
वेबसाइट : http://sudrishti.com.np/

काठमाडौँ बाहिरका हस्पिटल र क्लिनिकहरू

विराटनगर

न्युरो हस्पिटल

यो अस्पताल विराटनगर-१३, जहदा रोडमा अवस्थित छ । यस सुविधासम्पन्न, बहु-विधात्मक १०० शय्या क्षमताको अस्पतालमा २४सै घण्टा इमरजेन्सी सेवा उपलब्ध छ । यहाँ बिरामीहरूको सर्जिकल र गैर-सर्जिकल व्यवस्थापन गर्नुका साथै सीएनएस ट्युमर, पेडियाट्रिक डिसअर्डर र न्युरोभास्कुलर सर्जरीको लागि नियोजित शल्यचिकित्साको पनि व्यवस्था छ।
टेलिफोन : +९७७-२१-४१७-४८४, +९७७-२१-४१६-२६७, +९७७-२१-४१७-४७५
ईमेलinfo@neurohospital.com.np , neurohospitalbrt@gmail.com
वेबसाइटhttp://www.neurohospital.com.np

भैरहवा

सिद्धबाबा सुपरस्पेशलिष्ट इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.
रुपन्देहीको बुटवल–८, ओममार्ग, सुखनगरमा अवस्थित यस अस्पतालले मुटुरोग, मृगौलारोग, स्नायुरोग, दम, छातीरोग, प्रसूति तथा स्त्रीरोग, रेडियोलोजी, जनरल मेडिसिनमा विशेषज्ञता हासिल गरेको छ र विभिन्न प्रकारका विशेष चिकित्सा सेवाहरू प्रदान गर्दछ ।
टेलिफोन : +९७७-७१-५४९२०१, +९७७-७१-५४९२०२, +९७७-७१-५४९२०३
ईमेल : siddhababa.hospital@gmail.com
वेबसाइट : www.siddhababahospital.com.np 

सिद्धार्थनगर सिटी हस्पिटल
यो अस्पताल रुपन्देहीको भैरहवामा अवस्थित छ । यहाँ इमर्जेन्सी, जनरल मेडिसिन, मृगौलारोग, डाइग्नोस्टिक तथा इमेजिङ, प्रयोगशाला, हाडजोर्नी, बालरोग, स्त्रीरोग तथा प्रसूति सेवा, फिजियोथेरापी, एनेस्थेसिया र दन्त सेवा जस्ता सुविधा छन् ।  यहाँ निःशुल्क डायलिसिस सेवा उपलब्ध छ ।
टेलिफोन : +९७७-७१-५७६९७५, ५७६३७५
मोबाइल : +९७७-९७४६४०२४९०
टोल फ्री : १६६०७१५२००६
ईमेल : info@cityhospital.com.np, inquiry@cityhospital.com.np
वेबसाइट : https://cityhospital.com.np/

युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज
भैरहवाको रानीगाउँमा अवस्थित यस अस्पतालले ओपीडी, इमर्जेन्सी, केयर युनिट, रेडियोलोजी, सेन्ट्रल ल्याबोरेटरी, अपरेसन थिएटर र २४सै घण्टा स्वास्थ्य सेवामा विशेषज्ञता हासिल गरेको छ ।
टेलिफोन : +९७७-७१-५२२८९६, +९७७-७१-५२२९३८
ईमेल : info@ucms.com.np
वेबसाइट : http://www.ucms.com.np

चितवन

भरतपुर अस्पताल

यो अस्पताल चितवनको भरतपुरमा अवस्थित छ ।  अस्पतालमा इमर्जेन्सी, ओपीडी, आईसीयु, अपरेसन थिएटर, रेडियोग्राफी, प्याथोलोजी, स्त्रीरोग तथा प्रसूति सेवा उपलब्ध छन् ।

टेलिफोन : +९७७-०५६ ५९७००३
हटलाइन : ०५६ ५९७००३
इमर्जेन्सी काउन्टर : ०५६ ५९७००३
एम्बुलेन्स : ०५६ ५९७००३
रेड क्रस : ०५६ – ५२०१३३ / ९८४५०२८३४० (चालक : मोहन गुरुङ)
फार्मेसी : ०५६ – ५२१८७९
बल्क : ०५६ – ५२१८७९

ईमेल : bharatpurhospitalchitwan@gmail.com, bharatpurhospitall@gmail.com
वेबसाइट : www.bharatpurhospital.gov.np 

धरान

बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
धरानमा अवस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान संरचनाका दृष्टिले नेपालकै ठूलो अस्पताल हो । यस स्वायत्त अस्पताललाई अर्धसरकारी पनि भन्न सकिन्छ । यहाँ कार्डियोथोरासिक एनेस्थिसियोलोजी, मुटुको शल्यक्रिया र एनेस्थेसिया सेवाहरू सहित सबै सुविधाहरू उपलब्ध छन् ।
फ्याक्स : ९७७-२५-५२०२५१
ईमेल : bpkihs@bpkihs.edu, office.academics@bpkihs.edu
वेबसाइट : http://bpkihs.edu/

झापा

आम्दा अस्पताल – झापा
आम्दा नेपालद्वारा सञ्चालित आम्दा अस्पताल झापाको दमकमा रहेको छ । आम्दा नेपाल समाज कल्याण परिषद् नेपालसँग आबद्ध रहेको गैरसरकारी संस्था हो । बुटवलमा एउटा र झापामा एउटा गरी दुई ओटा अस्पताल रहेको यो स्थायी संरचना हो । यस संस्थाले भुटानी शरणार्थीहरूलाई स्वास्थ्य र शिक्षामा सहयोग पुर्‍याउँछ । अस्पतालले भुटानी शरणार्थी र भुटानी अमेरिकीहरूलाई स्वास्थ्य सेवाहरू प्रदान गर्दछ ।
टेलिफोन : +९७७-९८०७९०२७३७ (लक्ष्मीनारायण न्यौपाने)
ईमेल : ah.damak@amda.org.np, aihs.damak@amda.org.np
वेबसाइट : https://www.amda.org.np/

लाइफ-लाइन अस्पताल – झापा
झापाको दमकमा रहेको लाइफ-लाइन अस्पतालमा १०० शय्याको क्षमता छ । यस अस्पतालले आईसीयु, एनआईसीयु, स्त्रीरोग, हाडजोर्नी सेवा, प्रसूति सेवा, २४सै घण्टा इमर्जेन्सी सेवा, २४सै घण्टा एक्स-रे र फार्मेसी सेवा प्रदान गर्दै आएको छ । यहाँ पोलिएका, घरेलु हिंसामा परेका र यौन हिंसाका पीडितहरूलाई सहायता उपलब्ध गराइन्छ ।
टेलिफोन : +९७७-९८०१४१४७७६ (सिम्रिक गिरी, प्रशासन प्रमुख), +९७७-९८०४९३४६०० (प्रेम देवकोटा, अध्यक्ष)
ईमेल : lifelinedamak@gmail.com
वेबसाइट : www.lifelinehospital.org.np

बिर्ता सिटी हस्पिटल – बिर्तामोड, झापा
झापाको बिर्तामोडमा अवस्थित बिर्ता सिटी हस्पिटल आईसीयु, पिआईसीयु, सिटी स्क्यान र एमआरआई जस्ता सेवा प्रदान गर्ने जनरल अस्पताल हो । अस्पतालले यस क्षेत्रका चार जिल्ला पाँचथर, ताप्लेजुङ, मोरङ र झापालाई समेटेको छ । यहाँ तेह्रथुम जिल्लाका बिरामी पनि हेरिन्छ ।
टेलिफोन : +९७७ २३-५४४८५५
ईमेल : birtacityhospital@gmail.com

खुम्बु

खुन्दे अस्पताल (एडमण्ड हिलारी हस्पिटल)
खुम्बु क्षेत्रमा रहेको यस अस्पताललाई सर एडमन्ड हिलारी फाउन्डेसनबाट आर्थिक सहयोग प्राप्त छ । यो अस्पताल सिजेरियन सेक्सन वा एपेन्डिसाइटिस जस्ता केही सानातिना शल्यक्रिया लगायत आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नसक्ने गरी सुविधासम्पन्न छ । जटिल प्रकृतिका सबै बिमारहरूलाई उपचारका लागि काठमाडौँ पठाइन्छ ।
टेलिफोन : +९७७-३८-५४०-०५३, +९७७-३८-५४०-११३
सम्पर्क व्यक्ति : डा. मिङ्मा काछी शेर्पा – ९८१०२०९७६०

लमजुङ र रुकुम

एच.डि.सि.एस. टिम हस्पिटल – पश्‍चिम नेपाल
लमजुङ जिल्ला (पश्चिम नेपाल) र रुकुम जिल्ला (मध्यपश्चिम नेपाल) गरी दुई स्थानमा अस्पताल छन् । अस्पतालहरू एक मिशन समूहको आर्थिक सहयोगमा सञ्चालित छन् । चिकित्सकहरूमा विदेशी चिकित्साकर्मीहरू समेत छन् । यहाँ दन्त तथा प्रयोगशालाको पूर्ण सुविधा, ओपीडी, आईपीडी, २४सै घण्टा इमर्जेन्सी सेवा, अल्ट्रासाउन्ड, रक्तसञ्चार सुविधा उपलब्ध गराइन्छ । अस्पतालहरूले सानातिना शल्यक्रिया गर्नुका साथै कुष्ठरोग कार्यक्रम समेत सञ्चालन गर्दछन् ।
ईमेल : info@ldcs.org (काठमाडौँ कार्यालय)

लमजुङ

नमुना सामुदायिक अस्पताल
टेलिफोन : +९७७-९८४१४५१४४८ (हेमन्त श्रेष्ठ)

रुकुम

चौरजहारी अस्पताल
टेलिफोन : +९७७-८८-४०१-०७१; +९७७-९८४९६४०६७६ (अस्पताल प्रशासक)

ईमेल : giriaxa@gmail.com
वेबसाइट : https://www.hdcsnepal.org/

लुक्ला

पासाङ ल्हामु – निकोल निक्की अस्पताल
सोलुखुम्बुको चौँरीखर्क-८, लुक्लामा रहेको यस अस्पतालले वर्षभरि नै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । साथै, अस्पतालले आँखा, हाडजोर्नी, प्रसूति तथा स्त्रीरोग सेवामा विशेषज्ञ हासिल गरेको छ । अस्पतालले २४सै घण्टा इमरजेन्सी सेवा प्रदान गर्दछ ।
टेलिफोन : +९७७ ३८ ५५ ०१ १९
ईमेल : info@luklahospital.com, plnnhospital@gmail.com
वेबसाइट : http://luklahospital.com/

पाल्पा

युनाइटेड मिशन अस्पताल
पाल्पा जिल्लाको तानसेनमा रहेको यस अस्पतालले पोखराको दक्षिणी क्षेत्र र भैरहवातर्फको सडकयात्रामा लागेका बिरामी यात्रीहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउँछ । अस्पतालमा सर्जिकल र मेडिकल वार्ड, प्रयोगशाला र फार्मेसीको सुविधा छ । यहाँ केही विदेशी चिकित्साकर्मीहरू समेत कार्यरत छन् ।
टेलिफोन : +९७७-७५-५२०-४८९, +९७७-७५-५२०-१११, ९७७-७५-५२००३९
ईमेल : umn@umn.org.np,  tansen@umn.org.np, communications@umn.org.np
वेबसाइट : https://www.umn.org.np/umht

पोखरा

चरक मेमोरियल अस्पताल

पोखरा–८ नागढुङ्गामा अवस्थित यस अस्पतालले हरेक दिन २४सै घण्टा इमर्जेन्सी सेवा प्रदान गर्दछ । यहाँ विस्तृत मेडिकल विभागसहितका विशेषज्ञ क्लिनिकहरू छन् । साथै, सरकारद्वारा मान्यता प्राप्त डायलिसिस सेवा, सरकारद्वारा मान्यता प्राप्त आघातजन्य टाउको र मेरुदण्डको चोटको उपचारको सुविधा, सामाजिक सुरक्षा कोष-स्वास्थ्य योजना र आकस्मिक उद्धारका लागि हेलिप्याडको समेत सुविधा छ ।
टेलिफोन : +९७७ ६१ ५८२७७८ / ५८२७७९ / ५५२४९४
ईमेल : info@cmh.com.np
वेबसाइट : https://cmh.com.np/

सिवेक ट्राभल मेडिसिन हस्पिटल
यो अस्पताल पोखराको लेकसाइडस्थित बाराही टोलको मानसरोवर पथ (मीरा होटल लेन) मा अवस्थित छ । यहाँ २४सै घण्टा इमर्जेन्सी र बहिरङ्ग सेवा, सीमित इनपेसेन्ट सेवा, प्रयोगशाला, रेडियोलोजी (एक्सरे र अल्ट्रासाउन्ड लगायत), फार्मेसी, रेबिज खोप र एचआरआईजी लगायत ट्राभल भ्याक्सिनको सुविधा छ ।
टेलिफोन : +९७७-६१-४५३०८२, ४५७०५३
ईमेल : pkradministrator@ciwec-clinic.com
वेबसाइट : https://ciwechospital.com/

फिसटेल हस्पिटल एण्ड रिसर्च सेन्टर
यो अस्पताल पोखरा-४ स्थित गैरापाटनको दौँतरी भवनमा रहेको छ । यहाँको निजी क्लिनिकमा विभिन्न प्रकारका सेवाहरू उपलब्ध छन् ।
टेलिफोन : +९७७-०६१-५७८९९९, +९७७-०६१-५७७५५३, +९७७-०६१-५४४७००
ईमेल : hospitalfishtail@gmail.com
वेबसाइट : http://www.fishtailhospital.com.np

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल
वडा नं. १०, रामघाटमा अवस्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल नेपालका सबैभन्दा ठूला सरकारी अस्पतालमध्ये पर्दछ । अस्पतालले २४सै घण्टा इमर्जेन्सी, विशेषज्ञ परामर्श, सघन उपचार, शल्यक्रिया, हेमाटोलोजी, ओपीडी र परिवार नियोजन जस्ता सेवा प्रदान गर्दै आएको छ ।टेलिफोन : ०६१-५२०३१०, ०६१-५२०४६१, ०६१-५३१९००, ०६१-५३२१११
ईमेल : info@pahs.gov.np
वेबसाइट : https://pahs.gov.np/about-us

हेलिकप्टर र मेडिकल इभ्याकुएसन सेवा प्रदायकहरू

आन्तरिक उद्धार र मेडिकल इभ्याकुएसन उडानहरू

अल्पाइन रेस्क्यु सेवा
हटलाइन : +९७७-१-४९६४२२२, +९७७-९८०१०६८४००, +९७७-९८५१२३२६६८
टेलिफोन +९७७-१-४९६२६५२, +९७७-१-४९५४७११, +९७७-१-४९६०६६८
ईमेल : operation@alpine-rescue.com, info@alpine-rescue.com, network@alpine-rescue.com
वेबसाइट : www.alpine-rescue.com

एयर डाइनास्टी हेली सर्भिसेज
यस कमपनीले नेपालमा आकस्मिक इभ्याकुएसन र उद्धार सेवा प्रदान गर्दछ । उपलब्ध सेवाहरू : मेडेभाक र उद्धार उडानहरू, सगरमाथा क्षेत्रबाट हेलीकप्टरमार्फत पर्वतारोही, पदयात्रीलाई फिर्ता ल्याउने, आदि । सिनामङ्गल, काठमाडौँ, नेपाल ।
इमरजेन्सी सम्पर्क नं. : +९७७-१-४५२०४५७, +९७७-९८०१०८९८४२, +९७७-९८०१०८९८४१
टेलिफोन (बिक्री कार्यालय) : +९७७-१-४५२०४५७, +९७७-१-४५२१९४७
ईमेल : assistance@airdynastyheli.com
वेबसाइट : www.airdynastyheli.com

इजी हेली चार्टर सर्भिस
२४सै घण्टा सेवा (हरेक दिन) : +९७७-९८०१०-५००००; +९७७-९८०१०-५००१९
टेलिफोन : +९७७-१-४३७-१०२२; +९७७-१-४३७-७२८३; +९७७-१-४३७-१५५
ईमेल :  info@easyheli.com
वेबसाइट : https://easyheli.com/

फिसटेल एयर
टेलिफोन : (+९७७ १) ४१११८१५, ४१११८१६, ४१११८०२
विमानस्थल टेलिफोन : +९७७ १ ४९९१८२६, ४४९४६९२
विमानस्थलमा २४सै घण्टा (हरेक दिन) सम्पर्क गर्न सकिने नं. : +९७७ ९८०२३०२६१६
ईमेल : operation@fishtailair.com
वेबसाइट : http://www.fishtailair.com

माउन्टेन हेलिकप्टर नेपाल
टेलिफोन : ९७७-१-४११-१०३१; ९७७-१-४११-१०३२; ९७७-१-४११-१०५०; ९७७-१-४११-१०५१; ९७७-१-४११-११३१
ईमेल : marketing@mtnhelicopters.com
वेबसाइट : http://mtnhelicopters.com/

मनाङ एयर
२४सै घण्टा सहायता : +९७७-९८०११८०४६२, +९७७-९८०११८०४६३
टेलिफोन : +९७७-१-४११ ५९८४/८५ (हन्टिङ लाइन), +९७७-१-४११ ५९८६/८८/८९
ईमेल : operation@manangair.com.np
वेबसाइट : https://www.manangair.com.np/

सिम्रिक एयर
यस कम्पनीका उद्धार विशेषज्ञहरू उद्धार, मेडिकल इभ्याक्युएसन र अन्य आपत्‌कालीन कार्यहरू सञ्चालन गर्न सदैव तयारी अवस्थामा छन् । तीनकुने, काठमाडौँ, नेपाल ।
टेलिफोन : ९७७ १ ४१५५३४१ / ४२ / ४३
फ्याक्स : +९७७ १ ४१५५३४५ / ४६
हटलाइन : ९८५१०१० ६९५ / ६९६ / ६९७ / ६९८
काठमाडौँ विमानस्थल : +९७७ १ ४४८३२३३
पोखरा विमानस्थल : ९८५१०१०६९४ | ९८०११२३८२३ | ९८५१२०३४९८ | ९८५८०२०६८४
लुक्ला विमानस्थल : ९८०११२३ ८२४ / ८२५
ईमेल : info@simrikair.com.np
वेबसाइट : www.simrikair.com

एयर एम्बुलेन्स सेवा

एयर एम्बुलेन्स १

अन्तर्राष्ट्रिय उडानका लागि हरेक दिन २४सै घण्टा उपलब्ध
अमेरिका कार्यालय
अमेरिका : १ (८००) ४२४-९०००
अन्तर्राष्ट्रिय : १ (८३२) ९००-९०००
फ्याक्स : १ (८००) ४२४-९०००
मोबाइल १ (८३२) ३१६-५३२३
ईमेल : Dispatch@AirAmbulance1.com
वेबसाइट :  https://www.airambulanceone.com/

एसिया एयर एम्बुलेन्स
थाइल्याण्ड कार्यालय
टेलिफोन : +६६८-९८९६-९०००
ईमेल : Operations@asiaairambulance.com
वेबसाइट :  https://www.asiaairambulance.com/

बैंकक हस्पिटल मेडेभ्याक डिपार्टमेन्ट
२४सै घण्टा सेवा (हरेक दिन) : +६६२-३१०-३००० (बैंकक); २३१०-३०००/१७१९ (स्थानीय कलहरू मात्र)
ईमेल : info@bangkokhospital.com
वेबसाइट :  https://www.bangkokhospital.com/ 

युरोप एसिस्टेन्स (विश्वव्यापी)
टेलिफोन : १-८७७-७१०-४०८२ (विश्वव्यापी); १-२४०-३३०-१५२३ (स्थानीय)
ईमेल : logistics@eausa.com (बन्दोबस्ती); ops@eausa.com (कार्यसञ्चालन)
वेबसाइट: https://europ-assistance.com

इन्टरनेसनल एस.ओ.एस.
सिंगापुर कार्यालय टेलिफोन : +६५-६३३८-२३११; +६५-६३३८-७८०० (अङ्ग्रेजी); +६५-६३३६-३०८० (जापानी)
फ्याक्स : +६५-६३३८-७६११
वेबसाइट: https://www.internationalsos.com

मेडिकल विङ्स
थाइल्याण्ड कार्यालय
टेलिफोन : +६६ २५३५ ६७८४-५ एक्सटेन्शन ११०, ११५
मोबाइल +६६ ८१ ८५५ ९७२३, +६६ ८१ ९२४ ६४२५
फ्याक्स : +६६२-५३५-४७३४
ईमेल : m.w@medicalwings.com
वेबसाइट: http://www.medicalwings.com

एयर एम्बुलेन्स कम्पनीले बुकिङका लागि तपाईंसँग माग्न सक्ने सूचना :

बिरामीको निदान र मेडिकल रिपोर्ट
बिरामीको पासपोर्टको स्क्यान कपी
तौल र उचाइ
पठाउने हस्पिटलको नाम
कोठा नम्बर, वार्ड, बिल्डिङ्ग
पठाउने हस्पिटलको डाक्टरको नाम, फोन नम्बर
जाने हस्पिटलको नाम
जाने हस्पिटलको डाक्टरको नाम, फोन नम्बर
कुरुवाको पासपोर्टको स्क्यान कपी
पैसा तिर्ने व्यवस्थाको जानकारी

(जनवरी २०२४ मा अद्यावधिक गरिएको)

The post स्वास्थ्य सहायता appeared first on नेपालस्थित अमेरिकी दूतावास.

 

​The post स्वास्थ्य सहायता appeared first on नेपालस्थित अमेरिकी दूतावास.  अमेरिकी नागरिक सेवा नेपालस्थित अमेरिकी दूतावासRead More

  • अमेरिका खबर इडिटरियल

    America Khabar is an online news portal from San Francisco, California. We Cover all Nepalese American news from America and beyond.

    Related Posts

    अमेरिकन एम्बेस्सी नेपाल काठमाडौँ युएसएआइडीद्वारा नेपालमा गुणस्तरीय शिक्षामा पहुँच बढाउन करिब ११ अर्ब रुपैयाँसम्मको सहायता घोषणा U.S. Embassy Kathmandu on March 4, 2024 at 2:29 am

    युएसएआइडीद्वारा नेपालमा गुणस्तरीय शिक्षामा पहुँच बढाउन करिब ११ अर्ब रुपैयाँसम्मको सहायता घोषणा काठमाडौँ, नेपाल – आज अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) ले विशेषतः सीमान्तकृत युवा तथा प्रारम्भिक कक्षाका विद्यार्थीप्रति केन्द्रित…

    Read more

    अमेरिकन एम्बेस्सी नेपाल काठमाडौँ युएसएआईडीद्वारा जाजरकोट भूकम्पपछिको पुनरोत्थान प्रयासमा १३ लाख ७० हजार डलर सहयोग गर्ने घोषणा U.S. Embassy Kathmandu on February 8, 2024 at 5:58 am

    युएसएआईडीद्वारा जाजरकोट भूकम्पपछिको पुनरोत्थान प्रयासमा १३ लाख ७० हजार डलर सहयोग गर्ने घोषणा काठमाडौँ, नेपाल – अमेरिकी सरकारले युएसएआईडीमार्फत गत कात्तिकमा जाजरकोटमा गएको विनाशकारी भूकम्पपछि पुनरोत्थानको प्रयासमा सहयोग गर्न १३…

    Read more

    You Missed

    जीर्ण पुल र जोखिमयुक्त सडकमा स्पष्ट देखिने गरी सडकको क्षमता र चिह्न राखिनुपर्छ: महासचिव बानियाँ

    नागरिक लगानी कोषको ३० औँ वार्षिक साधारण सभा सम्पन्न

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    साझा यातायातको सिइओमा दरखास्त आह्वान

    चार संसदीय समितिको बैठक बस्दै

    सुदूरपश्चिममा आज सार्वजनिक बिदा

    नेपाल–भारत संयुक्त व्यापार मञ्चको दोस्रो बैठक सम्पन्न