अपर हेवाखोला हाईड्रोपावर कम्पनीको साधारणसभा सम्पन्न; संचालक नियुक्तिको अनुमोदन

२६ असार, काठमाडौं । अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडले १२औं वार्षिक साधारणसभा सम्पन्न गर्दै कम्पनीको संचालक समितिबाट गरिएको स्वतन्त्र संचालकमा शेरबहादुर कार्की र संस्थापक शेयरधनीतर्फ भिमलाल पौड्यालको नियुक्ति अनुमोदन गरेको छ । सभाले रिक्त रहेको सर्वसाधारण तर्फबाट ईन्द्र प्रसाद लामोछानेलाई चयन गरेको छ।

कम्पनीका अध्यक्ष पवित्रा कार्कीको अध्यक्षतामा असार २६ गते बुधबार सम्पन्न सभाले कम्पनीको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।

त्यस्तै , समीक्षा आ. व. को वासलात, लेखापरीक्षण प्रतिवेदन , नाफानोक्सान हिसाब , नगदप्रवाह विवरण लगायतका आर्थिक प्रतिवेदन समेत सभाबाट पारित भएका छन् ।

यस अपर हेवाखोला हाईड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७९/८० मा सेयरधनीलाई लाभांश दिन सकेन ।

कम्पनीले ८.५ मेगावाटको अपर हेवाखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७८, चैत महिनादेखी व्यावसायिक उत्पादन गर्दै आएको छ।

The post अपर हेवाखोला हाईड्रोपावर कम्पनीको साधारणसभा सम्पन्न; संचालक नियुक्तिको अनुमोदन first appeared on Khabar Breaking.

  • Related Posts

    प्रधानमन्त्री ओलीसंग महासंघ: निर्माण व्यवसायीको भुक्तानी र डेडिकेटेड फिडरको समस्या तत्काल समाधान होस

    २ साउन , काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो नेतृत्वको सरकारले निजी क्षेत्रको मनोबल बढ्ने र लगानीको लागि सहज हुने नीति लिने  बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघका…

    Read more

    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी

    १ साउन, काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी भएका छन । मंगलबार बिहान सकिएको मतगणनामा अधिकारी ११६ को ठुलो मतान्तरमा निवर्तमान अध्यक्ष भविश्वर शर्मालाई पराजित गरेका…

    Read more

    Leave a Reply

    You Missed

    प्रधानमन्त्री ओलीसंग महासंघ: निर्माण व्यवसायीको भुक्तानी र डेडिकेटेड फिडरको समस्या तत्काल समाधान होस

    • By
    • July 17, 2024
    • 13 views

    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी

    • By
    • July 17, 2024
    • 13 views
    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी

    प्रधानमन्त्री ओली र अमेरिकी राजदूतबिच भेटवार्ता

    • By
    • July 17, 2024
    • 13 views

    Intiut laying off in Bay Area false alarming news across media subjects

    Intiut laying off in Bay Area false alarming news across media subjects

    एक कर्मचारीको मृत्यु

    • By
    • July 16, 2024
    • 13 views

    ओली मन्त्री मन्त्रिपरिषद्ले गर्यो अघिल्लो  सरकारका सबै प्रस्ताव फिर्ता गर्ने निर्णय

    • By
    • July 16, 2024
    • 14 views