Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • The DARK REALITY of Illegal Migration to USA and Europe from Nepal Breaking News
  • निमित्त प्रमुखकै भरमा २ सयभन्दा बढी स्थानीय तह Breaking News
  • IMG 6024 kydvji AMERICA KHABAR February 26, 2025
    नेपाल मेडिकल कलेजको रजत जयन्तीः प्रधानमन्त्री र स्वास्थ्यमन्त्रीद्वारा कलेजले सञ्चालन गरेको स्वास्थ्य सेवाको प्रशंसा Breaking News
  • एका बिहानै एमालेका उपमहासचिव गुरुङले बोलेको कुरा बन्यो भाइरल ! Breaking News
  • maxresdefault 5
    Kati Baschhau Maitikai Kausima Anju Panta Himal Shrestha Breaking News
  • एमाले अध्यक्ष ओलीले दिए यस्तो निर्देशन Breaking News
  • KEHI MITHO BAAT GARA | NARAYAN GOPAL | OFFICIAL MUSIC VIDEO Breaking News
  • जोर – बिजोर प्रणालीबारे भोलि निर्णय गरिने Breaking News

अन्तर्राष्ट्रिय गुरुङ बुद्धिजम परिषद्ले ‘गुरुङ बुद्धिज्म’ सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने

Posted on April 25, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on अन्तर्राष्ट्रिय गुरुङ बुद्धिजम परिषद्ले ‘गुरुङ बुद्धिज्म’ सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने

१२ वैशाख , काठमाडौं । ‘गुरुङ बुद्धिज्म’ अवधारणामा बौद्ध धर्मप्रति आस्था राख्ने गुरुङ समुदायको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरिने भएको छ। बौद्ध धर्मावलम्बी गुरुङ समुदायको विश्वव्यापी संस्था अन्तर्राष्ट्रिय गुरुङ बुद्धिजम परिषद्को पहिलो महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन आगामी असोज महिनामा  काठमाडौँमा हुने भएको छ ।

शुक्रबार अनामगरस्थित तमु बौद्ध सेवा समिति नेपालको सभा हलमा आयोजित पत्रकार सम्मेलनमा २०२५ सेप्टेम्बर २५ र २६ (२०८२ असोज ९ र १०) मा महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन गर्नेबारे जानकारी दिइएको हो ।

सम्मेलनमा नेपाल, भारत, भूटान, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायत, अस्ट्रेलियालगायत करिब एक दर्जन देशमा बसोबास गर्ने बौद्ध धर्मालम्बी गुरुङ समुदायको करिब ५ सय जनाको सहभागिता रहने अन्तर्राष्ट्रिय गुरुङ बुद्धिजम परिषद्का अध्यक्ष डा. कुमार गुरुङले जानकारी दिए । अध्यक्ष डा. गुरुङले आफू नेतृत्वमा आएपछि संस्थालाई अन्तर्राष्ट्रियस्तरमा विस्तार  गरिएको जानकारी दिँदै गुरुङ बुद्धिजमको अवधारणा, यसले अपनाउने पेक्ष्या (संस्कार, संस्कृति)का बारेमा विस्तृत छलफल गरेर ‘गुरुङ बुद्धिजम पेक्ष्या’नामक निर्देशिका जारी गर्न अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको बताए ।

उनले गुरुङ समुदायमा रहेको भाषा, धर्म, संस्कार र संस्कृतिको विविधतालाई एकरुपता ल्याउने उद्देश्य संस्थाको रहेको जानकारी दिए ।

पत्रकार सम्मेलनमा विज्ञप्ति वाचन गर्दै अन्तर्राष्ट्रिय उपाध्यक्ष तथा राष्ट्रिय गुरुङ बुद्धिजम परिषद् नेपालका अध्यक्ष ध्रुवबहादुर गुरुङले अन्तर्राष्ट्रिय सम्मेलनको तयारीस्वरूप २०८२ वैशाख १३ गते काठमाडौंको तमू बौद्ध सेवा समिति, वैशाख १५ गते पोखरास्थित बौद्ध अर्घौ सदन, वैशाख १६ गते पोखराकै पार्दी  तमू समाज र वैशाख २० गते झापाको माईधारस्थित गुरुङ गुम्बामा पूर्व क्षेत्रका गुरुङ समुदायका सदस्य तथा लामा गुरुहरूसँग बौद्ध धर्म र गुरुङ संस्कार संस्कृतिबारे विस्तृत छलफल तथा सुझाव संकलन कार्यक्रम आयोजना गरिने बताए ।

परिषद्ले विश्वभर छरिएर रहेका बौद्ध धर्म मान्ने गुरुङ समुदायका सदस्य तथा लामा गुरुहरुलाई महाधिवेशनमा सहभागी हुन अपिलसमेत गरे ।

त्यसैगरी नेपाल, भारत, भूटान र संयक्त राज्य अमेरिकाका गरी चार देशका प्रतिनिधिहरूसहित मे १७ तारिख (जेठ ३)मा भारतको सिलगुढी, मे १८ तारिख (जेठ ४)मा सिक्किमको मेघीडाँडास्थित रिन्छेनछोइलिङ गुम्बा, मे १९ तारिख (जेठ ५) मा गान्तोक, र मे २० तारिख (जेठ ६) मा याङ याङमा अन्तरक्रियायाहरु आयोजना गरिने छन् । त्यसपछि भारतकै दार्जिलिङ र खर्साङमा पनि छलफल आयोजना गर्ने कार्यक्रम छ । यी कार्यक्रमहरुमा सहभागी भई आफ्नो महत्वपूर्ण सुझावहरू राख्न अन्तर्राष्ट्रिय गुरुङ बुद्धिजम परिषद्‍ले अनुरोध गरेको छ ।

अन्तर्राष्ट्रिय गुरुङ बुद्धिजम परिषद्, बौद्ध धर्मको पञ्चशीलमा आधारित मूल्य र मान्यताका आधारमा गुरुङ संस्कार संस्कृतिलाई अनुसरण गर्ने गुरुङ समुदायका सदस्यहरूको अन्तर्राष्ट्रिय संस्था हो । २०७६ सालमा स्थापित यो संस्थाको बौद्धमार्गी गुरुङ समुदायको बसोबास रहेका विभिन्न देशहरूमा राष्ट्रिय परिषद्हरू पनि क्रियाशील छन् । परिषद्ले गुरुङ संस्कार संस्कृतिमा विशेष भूमिका निर्वाह गर्ने लामा गुरुहरूलाई परम्पराको संरक्षण तथा निरन्तरताका लागि उत्प्रेरित गर्छ । साथै, गुरुङ संस्कार र बौद्ध धर्मलाई एकैसाथ बुझ्ने तथा अभ्यास गर्ने गुरुहरूको संरक्षण र उत्पादनलाई प्रवर्धन गर्दै समुदायको संस्कारमा न्यूनतम मापदण्डहरुमा एकरूपता र एकता कायम गर्ने उद्देश्य राखेको जनाइएको छ ।

पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय गुरुङ बुद्धिजम परिषद्का अध्यक्ष डा. कुमार गुरुङ, उपाध्यक्ष तथा राष्ट्रिय गुरुङ बुद्धिजम परिषद् नेपालका अध्यक्ष ध्रुवबहादुर गुरुङ, अन्तर्राष्ट्रिय गुरुङ बुद्धिजम परिषद्का उपाध्यक्ष डा.छम्प मेघी लामा गुरुङ, महासचिव पुष्पबहादुर गुरुङलगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु,विभिन्न सञ्चारमाध्यमका पत्रकारहरु लगायतको सहभागिता रहेको थियो ।

Breaking News

Post navigation

Previous Post: प्रधानमन्त्री ओलीले आज गर्ने भनेको सम्बोधन स्थगित
Next Post: काठमाडौं मुद्रण उद्योग संघद्वारा पेशागत सशक्तीकरणको लागि ‘मोटिभेसनल वर्कशप’ को आयोजना

Related Posts

  • प्रतिनिधिसभा बैठक बस्दै Breaking News
  • Timro Nayanko – Kamal Bista | Bhojraj Ghimire | Nepali Gazal 2023 Breaking News
  • नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पिताम्बर भुसाल सर्वसम्मत निर्वाचित Breaking News
  • खोंचमा बस खस्दा कम्तीमा १९ जनाको मृत्यु Breaking News
  • Bachnu Nai Chha Yadi Bhane – Prakash Shrestha | Nepali Song Breaking News
  • image 11
    एलन मस्कले ट्विटरको सीईओको पद छोड्न सक्ने, गरे ट्वीट Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • Profile and Interviews: Introducing the “VitaWear SmartBand,” a next-generation wearable gadget🎉
  • नर्स र स्वास्थ्यकर्मीहरूको तीव्र विदेश पलायन
  • रसायन तथा मेडिकल आपूर्ति संघ नेपाल ( केमसान ) को उन्नाइसौं साधारणसभा सम्पन्न
  • शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले बिना कारण पक्राउ गरेकोमा संयुक्त जनआन्दोलन समितिको आपत्ति
  • प्रतिनिधिसभा तथा राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
  • संयुक्त जनआन्दोलन समिति सशक्त, निरन्तर र देशव्यापी आन्दोलनको तयारीमा
  • ढुवानी व्यवसायी महासंघको १६औं साधारणसभा सम्पन्न; कर नीति सुधार गर्न अर्थमन्त्री समक्ष आग्रह
  • ‘टिपर’ दुर्घटनामा चालकको मृत्यु
  • आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै
  • Profile and Interviews: Saksham Ne ki mumma Ke Sath cheating 😂#shorts (@chhavisakshukimastii )
  • नेपाल मेडिकल कलेजले माग्यो चिकित्सक
  • फेकन अध्यक्षमा उमेश कुश्वार निर्वाचित
  • जीवन र जलवायुको आधार वन भएकाले यसको संरक्षण गरिनुपर्छः मन्त्री शाही ठकुरी
  • विकास निर्माणसँग सम्बन्धित ऐनहरु संशोधन आवश्यक रहेको अध्यक्ष सिंहको धारणा
  • २४.८ मेगावाटको बज्र मादी आयोजनाको वित्तीय व्यवस्थापन – एनएमबि बैंक र कृषि विकास बैंकको पौने चार अर्ब लगानी
  • Profile and Interviews: WHAT’S WRONG WITH THIS MOTHER?😅
  • Profile and Interviews: अरे पापा का मेकअप 😂🔥~ mini wood toy / workingarkill / wood / hand craftsp
  • ‘टीसीएल ग्लोबल’ को ब्रान्ड एम्बेसडरमा चर्चित अभिनेता प्रदीप खड्का नियुक्त
  • पेरिसडाँडामा जनवादी बिहे, महँगो टेरेस रिसोर्टमा शानदार पार्टी- जहाँ लडे दाहाल
  • टियूको डिप्लोमेसी एमफिल–पिएचडी कार्यक्रम संयोजकमा डा. पौडेल

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • maxresdefault 24
    Birkhe Series episode 2 Breaking News
  • प्रधानमन्त्रीद्वारा १५ सामुदायिक विद्यालयलाई शैक्षिक सामग्री वितरण Breaking News
  • maxresdefault
    अर्जेन्टिनाले मेक्सिकोलाई २-० ले जित्यो Breaking News
  • Why Do I Keep Getting COVID 19 But Those Around Me Don’t?
    Why Do I Keep Getting COVID-19 But Those Around Me Don’t? english_news
  • Hongkong Pokhara “हङ्गकङ्ग पोखरा” – Kandara Band | Nepali Song Breaking News
  • image 1
    Russia Invades Ukraine: पुटिनले जैविक तथा रासायनिक अस्त्र प्रयोग गर्न लागेको बाइडनको दाबी Breaking News
  • कांग्रेसले बोलायो आकस्मिक बैठक Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 176 | 12 Nov, 2023 | Nirmal, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 176 | 12 Nov, 2023 | Nirmal, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • #amarchha #musicnepal #nepalisong Breaking News
  • नेपालमा संक्रमितको संख्या ह्वात्तै बढ्यो Breaking News
  • Profile and Interviews: अर्गर बर्गर वाले केक मम्मी ने खा लिया 😂 #burger #cakevideos #funnycake profile-and-interviews
  • आयोजक नेक्सस फाइनलमा Breaking News
  • झारा टार्नु नाका खोल्दै चीन Breaking News
  • maxresdefault 12
    Ulto Sulto उल्टो सुल्टो Ep -161 November 24, 2021 Breaking News
  • #Eutaimayale #ramkrishnadhakal #alokshree #anandakarki #nepalisong Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme