
अन्जना राप्रपा नेपालमा प्रवेश, पाइन् ठूलै जिम्मेवारी
२१ फागुन, काठमाडौँ । अन्जना शाह रावल कमल थापा नेतृत्वको राप्रपा नेपालमा प्रवेश गरेकी छन्। महिला संगठनको अध्यक्षबाट राजीनामा दिई राजावादी अभियानमा क्रियाशील रावल राप्रपा नेपाल प्रवेश गरेकी हुन्।
उनलाई बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले पार्टीमा स्वाग गरे। राप्रपा नेपाल प्रवेश गरेकी रावललाई सहमहामन्त्रीको जिम्मेवारी दिइएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले सबै राजावादी, हिन्दुवादी र संघीयताविरोधी एक ठाउँमा आएर भ्रष्ट व्यवस्था र शासकको विकल्प खोज्न सडकमा आउनुपर्ने बताए। दलहरूकै असक्षमता र असफलताका कारण अब संघीय, धर्मनिरपेक्षता, गणन्त्रको आयु सकिएको उनको भनाइ थियो।