Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • A Deadly Amoeba Is Linked to Neti Pots. Here’s What to Know
    English News: A Deadly Amoeba Is Linked to Neti Pots. Here’s What to Know Breaking News
  • नेपालमा संक्रमितको संख्या ह्वात्तै बढ्यो Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali देशका कुरा सत्य कुरा | सदगमय | Sadagamaya | Episode 01 | Nov 16, 2023 | Ramesh Poudel | Reality Show
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali देशका कुरा सत्य कुरा | सदगमय | Sadagamaya | Episode 01 | Nov 16, 2023 | Ramesh Poudel | Reality Show Breaking News
  • Ambassador Sridhar Khatri today paid a courtesy call on Honorable Congresswoman Suzan DelBene Breaking News
  • सभामुखको विकल्प खोज्न कांग्रेस तयार Breaking News
  • maxresdefault 8
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali म पनि सेलिब्रेटी नै हो | Khabapu Comedy | | Individual Performance | Comedy Hub | Nepali Comedy Breaking News
  • एमालेका नेता अमृतकुमार बोहोराले पाए पार्टीमा यति ठूलो जिम्मेवारी ! Breaking News
  • युनियन हाइड्रोपावरको अठारौं साधारणसभाबाट वार्षिक एवं वित्तीय प्रतिवेदन पारित Breaking News

अनल ज्योति विद्यालयको वार्षिक कार्यक्रम भव्यताका साथ सम्पन्न

Posted on March 9, 2025 अमेरिका खबर इडिटरियल By अमेरिका खबर इडिटरियल No Comments on अनल ज्योति विद्यालयको वार्षिक कार्यक्रम भव्यताका साथ सम्पन्न

२५ फागुन,  ललितपुर । ललितपुरको ढोलाहिटीस्थित अनल ज्योति स्कूलले आफ्नो वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयको प्राङ्गणमा फाल्गुण २४ गते शनिबार आयोजित उक्त कार्यक्रम विद्यालयकी प्रिन्सिपल जीत कुमारी रानाको सभापतित्वमा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि राष्ट्रगानका रचनाकार प्रदीपकुमार राई ‘व्याकुल माइला’ हुनुहुन्थ्यो। साथै, समाजसेवी प्रियकुमार नेम्वाङ, वरिष्ठ पत्रकार एवं साहित्यकार सरोज ओझा, सञ्चारकर्मी राजु भट्ट लगायतका विशिष्ट व्यक्तित्वहरू विशेष अतिथिका रूपमा कार्यक्रममा सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रमको शुभारम्भ विद्यार्थीहरूले प्रस्तुत गरेको स्वागत नृत्यबाट गरिएको थियो। विद्यालयका छात्रछात्राहरूले विविध सांगीतिक एवं सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे, जसमा नेवारी, कौडा, तामाङ सेलो, साकेला, थाली, राइम्स तथा चिनियाँ गीतमा नृत्य समावेश थिए। यस्तै, उनीहरूले र्याम्प वाक, नाट्य प्रस्तुति, तेक्वान्दो कला प्रदर्शन, योग अभ्यास तथा सांगीतिक धुन प्रस्तुति समेत दिएका थिए।

विद्यालयकी कोअर्डिनेटर​  सुमनकुमारी साहको नेतृत्वमा विद्यार्थीहरूले कार्यक्रम सञ्चालन गरेका थिए। विद्यालयकी प्रधानाध्यापक जीतकुमारी रानाले आमन्त्रित अतिथिहरूलाई खादा तथा व्याच प्रदान गरी स्वागत गर्नुभयो।

११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर आयोजित वार्षिक कार्यक्रमका क्रममा विद्यालयलाई विशुद्ध रुपमा सघाउदै आउनुभएकी सामाजिक व्यक्तित्व सुभद्रा राईसहित आफ्ना पूर्वविद्यार्थी तथा पूर्वशिक्षकहरूलाई विद्यालयले सम्मानपत्र प्रदान गरी सम्मान गरेको थियो। साथै, कार्यक्रममा प्रमुख अतिथि राईले विद्यालयद्वारा प्रकाशित स्मारिकाको विमोचन गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख अतिथि प्रदीप कुमार राई ‘व्याकुल माइला’ ले अनल ज्योति स्कूललाई प्रतिष्ठित शैक्षिक संस्था भन्दै यसले सक्षम तथा कर्मठ नागरिक उत्पादनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्नुभयो। साथै, उहाँले विद्यालयका बालबालिकाहरूको प्रस्तुति समावेशी रहेको बताउँदै विद्यालय परिवार समाजमा मजबुत रहेको स्पष्ट सन्देश दिएको बताउनुभयो।

त्यसैगरि, समाजसेवी प्रियकुमार नेम्वाङले विद्यालयकी संस्थापक ज्योति केसीको सामाजिक एवं शैक्षिक योगदानको प्रशंसा गर्दै उहाँको भूमिकाले समाजमा सकारात्मक प्रभाव पारेको बताउनुभयो। साथै उहाँले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो।

कार्यक्रममा वरिष्ठ पत्रकार एवं साहित्यकार सरोज ओझाले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको क्षमता अभिवृद्धिमा टेवा पुग्ने उल्लेख गर्नुभयो। साथै, उहाँले विद्यालयको नेतृत्व लिईहनुभएका ज्योति केसी र जीतकुमारी रानाको प्रयासले महिलाहरू सक्षम छन भन्ने प्रमाणित गरेको बताउँदै विद्यालयको उत्कृष्ट नतिजाका लागि विद्यालय परिवारलाई धन्यवाद दिनुभयो।

विद्यालयकी संस्थापक एवं निर्देशक ज्योति केसीले शैक्षिक विकासमा योगदान दिने उद्देश्यले तीन दशकअघि अनल ज्योति स्कूलको स्थापना गरिएको बताउँनुहुँदै विद्यालयले किताबी ज्ञान मात्र नभई अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै जोड दिएको उल्लेख गर्नुभयो। साथै, विद्यालयको सफलतामा शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको अमूल्य योगदान रहेको स्मरण गर्नुभयो।

अनल ज्योति स्कूलले बालबालिकाहरूको शिक्षा तथा समग्र विकासमा निरन्तर योगदान दिँदै आएको छ। विद्यालयमा पारिवारिक वातावरणका साथ अत्याधुनिक प्रविधिको प्रयोग गर्दै कक्षा १० सम्म अध्ययन गराइन्छ। साथै, छात्रावास सुविधासहित विभिन्न प्रकारका अपांगता भएका विद्यार्थीहरूले समेत यस विद्यालयमा अध्ययन गरिरहेका छन।

विद्यालयले सामाजिक उत्तरदायित्व बहन गर्दै शैक्षिक, सांस्कृतिक तथा खेलकुद गतिविधिमा निरन्तर संलग्न रहँदै आएको छ। विद्यालय परिवारले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।

Breaking News

Post navigation

Previous Post: पारिवारिक जमघटको उत्कृष्ट गन्तव्यः हात्तीसारस्थित नेपाल हाउस
Next Post: पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा नागरिकहरुको अर्थपूर्ण उपस्थिति

Related Posts

  • hqdefault Df89ez
    Makar rashi | माघ महिनाको राशिफल / Magh Mahina Ko Rasifal 2079 Breaking News
  • राजसंस्थाको आवश्यकता झनै बढेर गयोः लिङ्देन Breaking News
  • 269782101 1365984260514000 1378406690969642837 n XcjTF0
    फेरि स्थगित भयो प्रतिनिधि सभा बैठक Breaking News
  • #saunejhari #nepalisong #shorts Breaking News
  • लोसपासँग एकीकरण गर्न जसपाका दुवै पक्षको प्रस्ताव Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep 247 | 22 Jul, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ulto Sulto | उल्टो सुल्टो | Ep -247 | 22 Jul, 2023 | Rabi Dangol, Baldip | Nepali Comedy | Media Hub Breaking News

Leave a Reply

You must be logged in to post a comment.

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • Aaye Ma Ta | Raju Bhatta | Mamata Gurung Breaking News
  • KhabarBreaking.com: प्रधानमन्त्री दाहाल र उपप्रधानमन्त्री यादवबीच भेटवार्ता Breaking News
  • Profile and Interviews: which turned out better? #tiktok profile-and-interviews
  • सुनसरीका गरिब, विपन्न नागरिकलाई न्यानो कपडा वितरण Breaking News
  • भारत सरकारसँग कृषिबारे सातवटा एजेन्डामा छलफल Breaking News
  • विपद् व्यवस्थापनका लागि सातै प्रदेशमा सशस्त्र प्रहरी बलले खटायो टोली Breaking News
  • Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 160 | 23 Jul, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub
    Media Hub Posts, Youtube, Bhunte, Meri Bassai Series Nepali Ati Bho | अति भो | Ep – 160 | 23 Jul, 2023 | Riyasha, Suraj, Subu, Istu | Nepali Comedy | Media Hub Breaking News
  • Ambassador’s meeting with Congresswoman Deborah Ross Breaking News
  • image 2
    Russia Invades Ukraine: रसिया युक्रेन वार्ता विफल हुनुको अर्थ तेस्रो विश्वयुद्ध हुने संकेत – जेलेन्स्की Breaking News
  • माधव नेपालसँग योगेशको चित्तदुखाई: दुई सय बर्ष बाँच्नुहोस, पदमा बसिरहनुहोस् ! Breaking News
  • युक्रेनमा दुई बालबालिकासहित अठार जना मारिए Breaking News
  • ठगिँदै साउदी अरेबिया जाने युवा Breaking News
  • केपी ओली चुनावी गठबन्धन गर्न सुटुक्क ज्ञानेन्द्र निवास जाने गरेका छन्ः माधव नेपाल Breaking News
  • Pardeshi 2 Jukebox | Pardeshi Chhuk Chhuke | Hijo Kama Aaja Kama | Nabhulnu Eh Sathi | Kura Sidha Breaking News
  • सहकारीमा मौलाउँदै बेथिति Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme