
अध्यक्षको जिम्मेवारी दिए पछि हट्दिनः उपाध्यक्ष साह (भिडियो सहित)
२८ माघ, काठमाडौं । ने क पा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष प्रभास साहले सबैलाई स्वीकार हुने संघीय निजामती सेवा ऐन आउनु पर्ने बताउनु भएको छ । आज खवर ब्रेकिंग संग संक्षिप्त कुराकानी गदै उपाध्यक्ष साहले यस्तो बताउनु भएको हो । उहाँले नेपाल निजामती कर्मचारी संगठनको यहि माघ ३० गते देखि हुने १२ औं महाधिवेशनको तयारी भब्य रुपमा भएको बताउनु भयो ।
अहिले सम्म हेर्दा संगठनको नेतृत्व चयन सर्वसहमतीले हुने देखिएको बताउनु भयो । प्रतिनिधी साथीहरुले आफुलाई अध्यक्षको जिम्मेवारी दिए पछि नहटने र काँधमा आउने जिम्मेवारी पुरा गरेर छोडने बताउनु भयो । ने क पा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको यहि माघ ३० गते देखि १२ औं महाधिवेशन हुदै छ, यसै सन्दर्भमा संगठनका उपाध्यक्ष प्रभास साह संग खवर ब्रेकिंगले संक्षिप्त कुराकानी गरेको थियो । हेर्नुहोस् भिडियो ।