अण्डाको मूल्यमा भारी गिरावट

0
19

काठमाडौं । अण्डाको मूल्यमा भारी गिरावट आएको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घले सोमबारदेखि लागू हुने गरी अण्डाको नयाँ समर्थन मूल्य घटाएको जनाएको छ।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार नेपालमा अण्डा उत्पादन बढ्नु र यही समयमा भारतबाट ठूलो परिमाणमा अण्डा भित्रिनु मूल्य घट्नुको मुख्य कारण हो। नयाँ समर्थन मूल्यअनुसार ठूलो अण्डा प्रतिक्रेट ३७५ रुपैयाँ र मिडियम ३३५ रुपैयाँ कायम गरिएको छ। यसअघि माघ २२ गते ठूलो अण्डा ४३५ र मिडियम ४०५ रुपैयाँ थियो।

माघ ११ गते अण्डाको मूल्य अझै उच्च रहँदै ठूलो ४९५ रुपैयाँ पुगेको थियो भने गत मङ्सिरमा फार्मस्तरमै ठूलो अण्डा ५६५ रुपैयाँसम्म बिक्री भएको थियो।

अहिले अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्छ, जसअनुसार प्रतिक्रेट लागत ५७४ रुपैयाँभन्दा बढी हुन्छ। लागत मूल्य नजिक पुगेर पुनः मूल्य घटेपछि कुखुरापालक किसानहरू निरास बनेका छन्। भारतीय अण्डा रोक्न सरकारसँग निरन्तर माग गरिरहेको सङ्घले जनाएको छ।

 

 

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here